म: म खाँदा एकको गयो ज्यान, यस्तो रहेछ कारण !

भारतको दिल्लीमा मम अड्किएर एक जनाको ज्यान गएको छ। अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) का अनुसार ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको ज्यान गएको पुष्टि गरेको हो।

नेपालमा पनि निकै प्रिय मानिने खाजा मम भारतमा पनि निकै प्रख्यात खाजाको रूपमा लिइन्छ। तर सोही मम एक मानिसको निधनको कारण बनेपछि एम्सका फोरेन्सिक विज्ञहरूले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएका छन्। उक्त व्यक्तिलाई दिल्लीको एम्समा मृ-त अवस्थामा पर्‍याइएको थियो।

मा-दक पदार्थ सेवन गरेको अवस्थामा ती व्यक्ति सडक नजिक कै एक होटलमा मम खान पुगेका थिए। तर मम खाने क्रममा अचानक भुँइमा लडेपछि उक्त व्यक्तिको ज्यान गएको बुझिएको छ। पोष्टमार्टम रिपोर्टले पनि उक्त व्यक्तिको मृ-त्यु श्वास नलीमा मम अड्किएर नै भएको देखाएको डाक्टरहरुले जनाएका छन्। डाक्टरका अनुसार मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट हुँदा उक्त व्यक्तिको ज्यान नै गएको हो।

प्रकाशित : बुधबार, असार ०१, २०७९१५:१३

‘देशलाई घात गर्दिन’