अबको एक महिना सूर्यले हिरा जस्तै चम्काउनेछ यी ६ राशिको भाग्य, मिल्नेछ हरेक सफलता !

आज असार १ गते ग्रहहरुको राजा सूर्य गोचर भएको छ। सूर्य वृष राशि छोडेर मिथुन राशिमा प्रवेश गरेको छ। सूर्य आगामी १ महिना मिथुन राशिमा रहनेछ। यस अवधिमा सूर्यको गोचरले सबै १२ राशिका मानिसहरूलाई प्रभावित गर्नेछ। यसमध्ये केही राशिलाई यो समय अत्यन्त शुभ समय मान्न सकिन्छ भने केही राशिका मानिसलाई यो समयमा अनेक कष्ट भोग्नु पर्ने हुनसक्छ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूले आगामी १ महिना अत्यन्त शुभ परिणाम प्राप्त गर्नेछन्।

मेष राशि 

प्रगतिको बाटो खुल्नेछ। आकस्मिक धन प्राप्तिको सम्भावना छ। काममा जिम्मेवारी बढ्न सक्छ। कार्यक्षेत्रमा पदोन्नतिको अवसर पनि मिल्नेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। बोलीमा मिठास रहनेछ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ।

वृष राशि 

व्यापारमा सुधार आउने, आम्दानीमा सुधार आउनेछ। परिवारमा अशान्तिको स्थिति आउन सक्छ। साथी वा चिनजानको माध्यमबाट जागिर पाउने सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। स्वास्थ्यमा सजग रहनु पर्ने देखिन्छ।

कन्या राशि

व्यापारमा नयाँ लगानी हुनसक्छ। काममा केही नयाँ जिम्मेवारी पाउन सकिनेछ। सन्तान सुख प्राप्त हुनेछ। परिवारमा वैचारिक मतभेद हुन सक्छ। घरको आर्थिक अवस्था राम्रो रहनेछ।

धनु राशि 

सूर्य भगवानको यो राशि परिवर्तनको समयमा कपडा तथा अन्य सामानको लागि रुजान बढ्न सक्छ। लेखन तथा अन्य बौद्धिक कार्यमा रुचि बढ्नेछ, जसले आम्दानीका नयाँ ढोकाहरू पनि खोल्नेछ। जागिरमा पदोन्नति वा तलब वृद्धिको सम्भावना छ।

मकर राशि 

यो अवधिमा परिवारमा कुनै धार्मिक कार्य सम्पन्न हुने सम्भावना छ। तपाईंले जीवनमा धेरै सफलताहरू पाउनुहुनेछ, जसका कारण तपाईं आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। परिवारसँग धार्मिक यात्रामा पनि जान सकिनेछ।

कुम्भ राशि 

परीक्षा, अन्तर्वार्ता जस्ता काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नेछ। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ। अभिभावकको सहयोग मिल्नेछ। पढाइमा रुचि बढ्नेछ। खानपानमा रुचि बढ्नेछ।

प्रकाशित : बुधबार, असार ०१, २०७९१७:१४

असार २ गतेको राशिफल: यी ४ राशि हुनेछन् तनावमा, शान्त र आनन्द पूर्वक बित्नेछ यी राशिको दिन