आल्भेसले छाड्ने भए बार्सिलोना !

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले दोस्रोपटक क्याटलान क्लब बार्सिलोना छाड्ने पुष्टि गरेका छन् ।आल्भेसले यसअघि सन् २०१६ मा बार्सिलोना छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका थिए ।

त्यसछि आल्भेस नोभेम्वर २०२१ मा दोस्रोपटक बार्सिलोना आउने घोषणा गरे । तर, क्याटलान क्लबमा योग्य हुन उनले जनवरी नै कुर्नुपरेको थियो । उनी सिजनको अन्त्यसम्मका लागि ब्राजिली क्लब साओपाउलोबाट बार्सिलोनामा अनुबन्धित भएका थिए ।

३९ वर्षीय राइट ब्याकले आफ्नो दोस्रो स्पेलमा १७ खेलमा एक गोल र चार असिस्ट योगदान गरेपछि बार्सा ला लिगामा दोस्रो स्थानमा रह्यो । खराव लयबाट गुज्रिरहेको बार्सिलोनाले उनको आगमनसँगै ला लिगामा दोस्रो स्थान हासिल गरेपनि सिजनमा भने उपाधिविहीन बन्न पुग्यो । आल्भेसले यसअघि वर्षको अन्त्यमा हुने विश्वकपको तयारीका लागि अर्को सिजन क्लबसँग बस्ने इच्छा व्यक्त गरेपनि बुधबार त्यस्तो नहुने पुष्टि गरेका थिए ।

ब्राजिल इन्टरनेशनलले इन्स्टाग्राममा पोष्ट गरे, ‘अब हाम्रो विदाईको समय आएको छ । उनीहरू क्लब, रंग र त्यो घरको लागि आठ वर्ष भन्दा बढी समर्पित थिए । जीवनमा सबै चीजहरू जस्तै, वर्षहरू बित्छन्, बाटोहरू फरक हुन्छन् र कथाहरू केही समयको लागि फरक ठाउँहरूमा लेखिन्छन् र यो यस्तै थियो ।’

आल्भेसले क्लब र प्रशंसकहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिँदै थपे, ‘मलाई आशा छ कि तपाईंले मेरो पागलपन र मेरो दैनिक खुशीलाई नछुटाउनु हुनेछ । आशा छ कि जो रह्यो भने, त्यो सुन्दर क्लबको इतिहास परिवर्तन गर्नुहोस्, म यो मेरो हृदयबाट कामना गर्दछु । त्यहाँ २३ उपाधि जितेका थिए जसमा दुई ट्रेबल पनि रहेका छन् यसले एक धेरै सुन्दर चक्र बन्द गर्दछ र अर्को अझ चुनौतीपूर्ण ढोका खोल्छ ।’ ‘सदाको लागि भिस्का अल बार्सा !’

ब्राजिली क्लब बाहियाबाट व्यवसायिक खेल करिअर सुरु गरेका आल्भेसले सेभिया, बार्सिलोना, युभेन्ट्स, पिएसजी र साओ पाउलो हुँदै पुनः बार्सिलोना फर्किएका थिए । ब्राजिलका लागि १२४ क्याप जितेका आल्भेसले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

उनले आफ्नो व्यवसायिक खेल करिअरमा सर्वाधिक ४३ उपाधि जितेका छन् । आल्भेसले बार्सिलोनाबाट ६ ला लिगा, ४ कोपा डेल रे, ४ सुपर कोपा, २ कोपा क्याटलुनिया, १ सुपर कोपा क्याटलुनिया, ३ च्याम्पियन्स लिग, ३ सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

यस्तै बाहियाबाट दुई उपाधि जितेका आल्भेसले सेभियाबाट २ पटक युइएफए कप र समान एक पटक कोपा डेल रे, सुपर कोपा र युइएफए सुपर कप जितेका छन् । युभेन्ट्सबाट सिरी ए र कोपा इटालिया जितेका छन् । पिएसजीबाट २ पटक लिग वान, २ पटक ट्रफी डेस च्याम्पियन्स र समान एक पटक कप डि फ्रान्स र कप डि लिग जितेका छन् ।

साओ पाउलोबाट ब्राजिली लिग जितेका छन् । ब्राजिलबाट दुईपटक कोपा अमेरिका र दुई पटक फिफा कन्फेडेरेसन तथा एकपटक समर ओलम्पिक जितेका आल्भेस फिफा वल्ड युथ यू–२० च्याम्पियनसिप जित्दाका समेत सदस्य हुन् ।

प्रकाशित : बिहिबार, असार ०२, २०७९०८:४४

म्याड्रिड अध्यक्ष भन्छन्-‘मलाई यो एम्बाप्पेको मतलब छैन, पीएसजी मै बसुन्’