बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। जेठ महिनाको अन्तिम दिन र असार महिनाको पहिलो दिन गरेर लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु २० ले बढेर नेपाली बजारमा १ हजार २ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, असार ०२, २०७९११:२८

फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य ! कति ?