६८ दिनपछि राजकुमार ग्रहको उथलपुथल, यी ४ राशिको भाग्य खुल्नेछ !

ग्रहहरुको राजकुमार बुध हाल वृष राशिमा रहेको छ। बुध अप्रिल २५ मा यस राशिमा प्रवेश गरेको थियो। अब जुलाई २ अर्थात् ६८ दिनपछि यो ग्रहले राशि परिवर्तन गर्न लागेको छ। बुध यस दिन मिथुन राशिमा प्रवेश गर्नेछ। मिथुन राशि बुधको राशि हो। वैदिक ज्योतिषमा, बुधलाई बुद्धि, सकारात्मक सोच र धन प्रदान गर्ने ग्रह मानिन्छ। जान्नुहोस् कुन राशिमा बुधको यो गोचरले उनीहरुको जीवन खुसीले भरिनेछ।

वृष राशि 

यस राशिका व्यक्तिले परिश्रमको फल प्राप्त गर्नेछन्। करियरमा फाइदा उठाउने धेरै अवसरहरू आउनेछन्। धन सम्बन्धि समस्या समाधान हुनेछ। यो समय अनुकूल देखिन्छ।

मिथुन राशि 

यस अवधिमा यस राशिका व्यक्तिहरूले प्रसिद्धि पाउनेछन्। जीवनको हरेक पक्षमा सफलता देखिन्छ। लगानीका लागि पनि समय अनुकूल देखिन्छ। आर्थिक अवस्था निकै राम्रो रहनेछ।

कन्या राशि 

यस समयमा तपाईंका केही ठूला समस्याहरू समाधान हुन सक्छन्। मिहिनेतले राम्रो प्रतिफल दिने देखिन्छ। हरेक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। व्यापार व्यवसायीका लागि पनि यो समय राम्रो रहनेछ।

धनु राशि 

यो अवधि व्यापारीहरूका लागि उत्कृष्ट साबित हुनेछ। राम्रो आम्दानी गर्नमा सफलता मिल्नेछ। मिहिनेतले राम्रो प्रतिफल दिने देखिन्छ। साझेदारी कार्यमा राम्रो सफलता मिल्नेछ। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ।

प्रकाशित : बिहिबार, असार ०२, २०७९१६:२४

गरुण पुराण: जानेर वा भुलमा भएको यी ५ गल्तीले गरिब बनाउन सक्छ !