प्रिमियर लिगको खेल तालिका सार्वजनिक, ठूला खेल कहिले हुने ?

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ । अगस्ट ५ बाट सुरु हुने नयाँ सिजनको प्रिमियर लिगको बिहीबार सार्वजनिक भएको हो ।

सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । यो खेल क्रिस्टल प्यालेसको मैदानमा हुनेछ । अघिल्लो सिजनको च्याम्पियन म्यानचेस्टर सिटीले वेस्ट ह्यामसँग खेल्दै सिजनको सुरुआत गर्नेछ ।

मर्सिसाइड डर्वी, म्यानचेस्टर डर्वी नर्थ लन्डन डर्वी र नर्थवेस्ट डर्वी कहिले त्यो पनि हेरौं

मर्सिसाइड डर्वी
३ सेप्टेम्वर २०२२ – एभर्टनविरुद्ध लिभरपुल
११ फेब्रुअरी २०२३ – लिभरपुलविरुद्ध एभर्टन
म्यानचेस्टर डर्वी
१ अक्टोवर २०२२ – म्यानचेस्टर सिटीविरुद्ध म्यानचेस्टर युनाइटेड
१४ जनवरी २०२३ – म्यानचेस्टर युनाइटेडविरुद्ध म्यानचेस्टर सिटी
नर्थ लन्डन डर्वी
१ अक्टोवर – २०२२ आर्सनलविरुद्ध टोटेनहम
१४ जनवरी – २०२३ टोटेनहमविरुद्ध आर्सनल
नर्थवेस्ट डर्वी
२० अगस्ट २०२२ – म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुल
४ मार्च २०२३ – लिभरपुलविरुद्ध म्यानचेस्टर युनाइटेड

प्रकाशित : बिहिबार, असार ०२, २०७९१७:२९

गोल्डेन ब्वायको मनोनयन सार्वजनिक ! सूचीमा को-को ?