युनाइटेडसँग पोग्बाले बदला लिने: भन्छन् – मलाई निकाल्नु गलत थियो भन्ने प्रमाणित हुन्छ

एजेन्सी – फ्रेन्च मिडफिल्डर पल पोग्बाले राम्रो खेलेर प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग बदला लिने बताएका छन्। अमेजन प्राइमको डकुमेन्ट्रीमा पोग्बाले म्यानचेस्टर युनाइटेडलाई राम्रो खेलेर देखाइदिने बताएका हुन्।

पोग्बाले नयाँ क्लबमा गएपछि राम्रो खेल्ने र सबैलाई देखाइदिने बताए। सम्झौता थपको प्रस्ताव नगरेकोमा युनाइटेड पछुताउनेगरी खेल्ने पोग्बाको प्रण छ।

“राम्रो खेलेर म्यानचेस्टर युनाइटेडलाई देखाउने मेरो सोच छ। मलाई सम्झौता थपको प्रस्ताव नगर्नु गल्ती थियो भन्ने प्रमाणित गर्न म सक्दो प्रयास गर्ने छु। र अन्य म्यानचेस्टरले मलाई सम्झौता प्रस्ताव नगरेर गल्ती गरेको थियो भनेर क्लबलाई पनि म देखाउनेछु।”,पोग्बाले सो डकुमेन्ट्रीमा भनेका छन्।

युनाइटेडले पोग्बालाई क्लबबाट बिदाई गरिसकेको छ। युनाइटेडमा पोग्वाको सम्झौता ३० जुनमा सकिँदै छ। सम्झौता सकिनु भन्दा अगाडी नै युनाइटेडले पोग्बा क्लबमा नरहने पुष्टि गर्दै बिदाई गरेको हो।

पोग्बा सन् २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउण्डमा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुगेका थिए। युभेन्ट्स जानु भन्दा अगाडी पनि पोग्बा युनाइटेडमै थिए। युनाइटेड फर्किएपछि उनले अपेक्षा गरिएजस्तो प्रदर्शन नै गर्न सकेनन्।

पोग्बा युभेन्ट्समा चार सिजन धेरै राम्रो खेलेका थिए। युभेन्ट्समा उनी सिरी ए च्याम्पियन र युरोपका उत्कृष्ट मिडफिल्डर बनेका थिए। म्यानचेस्टरमा फर्किएपछि उनले त्यो प्रतिष्ठा जोगाउन सकेनन्। सन् २०२१-२२ को सिजनमा पोग्वाले २९ खेलमा मौका पाए। जसमा उनले एक गोल मात्रै गरे। पोग्बा पुनः युभेन्टस फर्किने संघारमा छन्।

प्रकाशित : बिहिबार, असार ०२, २०७९२०:३८

लेवान्डोस्की उछिट्याउने दाउमा चेल्सी, पिएसजी र बार्सिलोनालाई दिँदै टक्कर !