हिन्दू धर्ममा गरुड पुराणलाई महापुराणको दर्जा दिइएको छ। यसमा जीवन-मृत्यु बाहेक सुखी-सफल जीवन प्राप्त गर्ने उपायको बारेमा पनि बताइएको छ । यसका साथै कतिपय यस्ता कामको बारेमा बताएको छ र उक्त्त कामबाट बच्न पनि भनिएको छ । यी काम वा नराम्रो बानीले व्यक्तिको जीवनलाई बरबाद बनाइदिन्छ। समयमै यिनीहरूबाट दुरी कायम गर्नुहोस् अन्यथा जीवनमा नोक्सान बेहोर्नु पर्ने हुन् सक्छ। यी गल्तीले मानिसलाई गरिब बनाउन सक्छ साथै उसको जीवनको सारा सुख खोसिन सक्छ।
फोहोर लुगा लगाउनु : गरुड पुराणका अनुसार मत लक्ष्मी सधैँ सफामा रहने मानिसलाई मात्र आशीर्वाद दिने गर्दछिन्। जसको लुगा र नङ सफा रहन्छ। दैनिक स्नान गर्दछ। फोहोरी रहने मानिसहरूलाई माता लक्ष्मी कहिल्यै आशीर्वाद प्राप्त हुँदैन।
भान्सा कोठामा फोहोर भाँडा छाड्नु : राति भान्सा कोठा फोहोर राख्ने, भान्सा कोठामा फोहोर-जुठो भाँडाकुँडा राख्नाले माता अन्नपूर्णा र माता लक्ष्मी क्रोधित हुन्छिन् । यस्तो घरमा कहिल्यै समृद्धि हुँदैन र आर्थिक समस्या झेल्नु पर्छ । त्यसैले सुत्नुअघि सधैँ भान्सा सफा गर्नुहोस्।
ढिलोसम्म सुत्नेः जुन घरमा मानिस लामो समयसम्म सुत्छन्, त्यस घरमा लक्ष्मीको कृपा हुँदैन । यी मानिसहरु न जीवनमा प्रगति गर्न सक्छन् न त आफ्नो सपना पूरा गर्न सक्षम छन्। उनीहरुले आफ्नो मिहिनेतको पूर्ण फल कहिल्यै पाउँदैनन् ।
असहाय-गरिबलाई शोषण गर्ने मानिसहरू: असहाय मानिसहरूको शोषण गर्ने मानिसहरू। अरुको अधिकार खोस्छन्, छल गरेर कसैको धन हडप्छन्, केही समय धनी भए पनि यस्ता मानिसले छिट्टै सबै गुमाउँछन् । त्यसैले यी नराम्रा कामहरूबाट टाढा रहनुहोस्।
महिला-बृद्ध बृद्धाको अपमान गर्ने : वृद्ध वृद्धा महिलाको अपमान गर्ने, कमजोर मानिसलाई हेला गर्नेहरू माता लक्ष्मीको कृपा केही समयको लागि भए पनि तिनीहरूको धन-सम्पत्ति र प्रतिष्ठा हराउँछ।

