नेयमार पिएसजीबाट आउट ? यी खेलाडीले लिनेछन् उनको स्थान !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको लफडा सल्टाएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई आनन्द भएको छ। गएको दुई वर्ष भन्दा बढी समय देखि टाउको दुखाइको विषय बनेको एम्बाप्पेको सम्झौता। तर एम्बाप्प्पे केहि वर्ष क्लबमै रहने निर्णय गरेपछि अब पिएसजीले त्यसबारे सोच्न पर्नेछैन।

पिएसजीको ध्यान अब च्याम्पियन्स लिग जित्ने थप बलियो टोली निर्माणमा केन्द्रित छ। पिएसजीले क्लबमा विभिन्न परिवर्तन गर्ने तयारी गरिरहेको छ। पिएसजीको अब ध्यान क्लबको प्रशिक्षक परिवर्तन तर्फ केन्द्रित छ।

त्यस्तै विभिन्न स्पेनिस तथा फ्रेन्च मिडियाहरुको भनाईलाई मान्ने हो भने पिएसजीले ब्राजिलियन फरवार्ड नेयमारलाई पनि बिक्री गर्न सक्छ। सन् २०२१-२२ को सिजन खासै प्रभावकारी भूमिका निभाउन असमर्थ नेयमारलाई सक्दो छिटो बिक्री गर्ने पिएसजीको तयारी रहेको बताइन्छ।

पिएसजीका अधिकारीहरु नेयमारमा गरेको लगानी खेर गएको निष्कर्षमा पुगेको र उनलाई बिक्री गर्ने तयारीमा जुटेको मिडियाहरु बताउँछन्। नेयमारलाई बिक्री गरेर नयाँ खेलाडी भित्र्याउने पिएसजीको योजना रहेको छ।

खबरका अनुसार पिएसजी नेयमारलाई बिक्री गरेर उनको स्थानमा फ्रेन्च स्ट्राइकर क्रिस्टोफर एनकुन्कुलाई भित्र्याउन चाहन्छ। पिएसजीको एकेडेमीको उद्पादन समेत रहेका एनकुन्कु आरबी लाइपजिङमा धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। लाइपजिङका लागि सन् २०२१-२२ को सिजनमा कुल ५० खेल खेले। जसमा उनले ३५ गोल गरे। साथै उनको नाममा १९ असिस्ट पनि छ।

गत सिजन युरोपकै उत्कृष्ट स्ट्राइकरको रुपमा उदाएका एनकुन्कुका लागि १ सय मिलियन युरो भन्दा बढी खर्च गर्ने अवस्था रहेको छ। नेयमारलाई बिक्री गरेर लियोनेल मेस्सी, एनकुन्कु र एम्बाप्पेलाई आक्रमणमा उतार्ने पिएसजीको योजना छ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९०९:५४

मेस्सीका सहकर्मी-‘अर्जेन्टिनालाई विश्वकप जिताउने तयारीमा छु म, कसैले डिस्टर्ब नगर्नु’