झोकमा पेरेजले भने-‘हालान्ड म्याड्रिड आएका भए बेन्चमा हुन्थे, हामीलाई चाहिएको नै थिएन’

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एर्लिङ हालान्डलाई क्लबमा अनुबन्ध गर्न नसकेपछि नर्वेजियन स्टार आफ्बो क्लबमा बेन्चमा सिमित हुने खेलाडी भएको दाबी गरेका छन्।

च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड पनि गत समर देखि नै पूर्व डर्टमण्ड स्टारलाई अनुबन्ध गर्ने दौडमा रहेको थियो। तर म्याड्रिड, बार्सिलोना जस्ता ठूला क्लब सम्मिलित दौडमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले बाजी मार्दै २१ वर्षीय स्टारलाई मात्र ५१ मिलियनको रिलिज क्लब तिरेर भित्र्याउन सफल भयो।

जारी ट्रान्सफर मार्केटमा यो म्याड्रिडका लागि दोस्रो ठूलो झड्का थियो, किलियन एम्बाप्पेले अन्तिम समयमा म्याड्रिडलाई इन्कार गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने फैसला गरेपछि लालिगा च्याम्पियनलाई सबैभन्दा ठूलो झड्का लागेको थियो। यसैबीच म्याड्रिड अध्यक्ष पेरेजले भने आफू कहिल्यै पनि हालान्ड अनुबन्ध गर्न गम्भीर नरहेको दाबी गरेका छन्।

२०२२ ब्यालोन डी ओर विजेता करिम बेन्जेमा हाल क्लबका निर्विवादित पहिलो रोजाई भएकै कारण पूर्व साल्सबर्ग स्टार म्याड्रिडमा अनुबन्ध भएको भएपनि बेन्च मै सिमित हुने पेरेजको बुझाई रहेको छ। पेरेजले एल चिरिन्गुइटोलाई भने, “हामीसँग विश्वका उत्कृष्ट ९ खेलाडी छन् र हामी हालान्डलाई बेन्चमा राख्नका लागि ल्याउने थिएनौँ।”

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१७:३२

को हुन् त अर्को सिजन प्रिमियर लिग गोल्डेन बुट जित्ने प्रारम्भिक दाबेदार? रोनाल्डोको सम्भावना कति?