भोलि अर्थात् जुन १८ मा शुक्र वृष राशिमा प्रवेश गर्नेछ। विशेष कुरा यो हो कि शुक्र वृष राशिको स्वामी पनि हो। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सौन्दर्य र भौतिक सुखको कारक मानिन्छ। शुक्रले जीवनमा प्रेम र धनको भावनालाई प्रतिनिधित्व गर्छ। जसको कुण्डलीमा शुक्रको स्थिति बलियो हुन्छ, धन र अन्नको कमी हुँदैन। साथै, यस्ता व्यक्तिहरूको व्यक्तित्व धेरै प्रभावशाली हुन्छ। जान्नुहोस् कुन राशिका व्यक्तिलाई शुक्रको गोचरबाट विशेष लाभ मिल्नेछ।
शुक्र गोचरको समय
जुन १८ शनिबार बिहान ८ः२१ बजे शुक्र ग्रह वृष राशिमा प्रवेश गर्दैछ र जुलाई १३ सम्म यो राशिमा रहनेछ। त्यसपछि शुक्र मिथुन राशिमा प्रवेश गर्नेछ। वृष राशिमा शुक्रको गोचरले हरेक राशिका मानिसहरूलाई कुनै न कुनै रूपमा प्रभाव पार्नेछ।
यी राशिमा पर्नेछ शुभ प्रभाव
मेष राशि
यो राशिका व्यक्तिहरुका लागि शुक्र ग्रहको गोचर शुभ रहनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। व्यापार व्यावसायमा राम्रो नाफा मिल्ने सम्भावना छ। काममा उन्नतिको नयाँ अवसर पनि मिल्नेछ। यदि तपाईं कुनै परियोजनासँग सम्झौता गर्न चाहानुहुन्छ भने, तपाईंले यस समयमा सफलता पाउनुहुनेछ।
कर्कट राशि
आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। जागिरमा राम्रो पदोन्नति मिल्नेछ। रोकिएको धन फिर्ता हुने सम्भावना छ। साथै, यो गोचरले तपाईंलाई आर्थिक रूपमा फाइदा पुर्याउँछ र तपाईं विभिन्न स्रोतहरूबाट पैसा कमाउन सक्षम हुनुहुनेछ। लामो समयदेखि अधुरा रहेका कुनै पनि इच्छा पूरा हुन सक्छन्।
सिंह राशि
कार्यक्षेत्रमा सफलता मिल्ने सम्भावना छ। जागिरमा पदोन्नति पाउन सकिनेछ। करियरमा लाभ मिल्ने धेरै राम्रा अवसरहरु आउनेछन्। मिहिनेतको फल राम्रो मिल्ने देखिन्छ। भाग्यले सबै कुरामा साथ दिनेछ।