आज पनि बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। जेठ महिनाको अन्तिम दिन र असार महिनाको पहिलो दिन गरेर लगातार दुई दिन घटी दोस्रो दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १० ले बढेर नेपाली बजारमा १ हजार २ सय ७५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९११:०८

मनसुनी वायुका कारण ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह !