काठमाडौँ : राहुकालबारे अधिकांस जानकार नै होलान्। राहु कालको समय हरेक बार अनुसार अलग-अलग हुन्छ। आइतबार साँझ ४:३० बाट ६:०० बजे सम्म, सोमबार विहान ७:३० बाट ९:०० बजे सम्म, मङ्गलबार अपराह्न ३ बजेबाट ४:३० बजेसम्म, बुधबार मध्यान्ह १२ बजेबाट १:३० बजेसम्म, बिहिबार दिउँसो १:३० बजेबाट ३:३० बजेसम्म, शुक्रबार बिहान १०:३० बजेबाट मध्यान्ह १२:०० बजे सम्म, शनिबार बिहान ९ बजेबाट १०:३० बजेसम्म राहु काल रहन्छ।
१. दिन र रातलाई बराबर आठ भागमा विभाजन गरेपछि आधा-आधा प्रहरको अनुपातमा विपरित क्रमानुसार राहु पूर्वबाट प्रारम्भ गरी चारै दिशामा भ्रमण गर्दछ।
२. पहिलो आधा प्रहर पूर्वमा, दोस्रोमा वाव्य कोणमा, तेस्रोमा दक्षिणमा, चौथोमा ईशान कोणमा पाँचौंमा पश्चिममा, छैठौँ अग्नि कोणमा, सातौँ उत्तरमा तथा आठौँ अर्ध प्रहरमा नैऋत्य कोणमा रहन्छ।
३. आइतबार नैऋत्य कोणमा, सोमबार उत्तर दिशामा, मङ्गलबार आग्नेय कोणमा, बुधबार पश्चिम दिशामा, बिहिबार ईशान कोणमा, शुक्रबार दक्षिण दिशामा, शनिबार वायव्य कोणलाई राहुको निवास मानिन्छ।
४. सोमबारको दिन द्वितीय भागमा, शनिबार तेस्रो भागमा, शुक्रबार चौथो भागमा, बुधबार पाँचौं भागमा, बिहिबार छैठौँ भागमा, मङ्गलबार सातौँ भागमा र आइतबार आठौँ भागमा राहुको प्रभाव हुन्छ।
५. यात्राको क्रममा राहु दाहिनी दिशामा भएमा विजय प्राप्त हुन्छ, योगिनी बायातर्फ सिद्धि दायक हुन्छ। राहु र योगिनी दुवै पछाडी रहँदा शुभ मानिन्छ। चन्द्रमाको अगाडि शुभ मानिन्छ।