अन्ततः मानेको विषयमा लिभरपुल र बायर्न बीच कुरा मिल्यो !

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले आफ्ना स्टार फरवार्ड साडियो मानेलाई बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखलाई बेच्न सहमत भएको छ ।

तर, दुवै टोलीले यसबारे आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । सम्भवत यसैसाता बायर्नले मानेलाई सार्वजनिक गर्न सक्नेछ ।

लिभरपुलले मानेलाई ३५ दशमलव १ मिलियन पाउन्ड (४१ मिलियन युरो) मा बेच्न सम्झौता गरेको हो । लिभरपुलले ४२ मिलियन युरो प्राप्त गर्नेछन् एडअनबाट ६ मिलियन युरोसँगै व्यक्तिगत र टोलीको उपलब्धिको आधारमा ३ मिलियन युरो पाउनेछन् ।

लिभरपुलले यसअघि बायर्नको दुई प्रस्तावलाई अस्वीकार गरेको थियो । उनी सन् २०१६ मा साउथह्याम्प्टनबाट ३१ मिलियन पाउण्ड र २.५ मिलियन पाउण्डमा लिभरपुलमा सामेल भएका थिए ।

उनको प्रस्थानको खबर मंगलबार उरुग्वेका फरवार्ड डार्विन नुनेज बेन्फिकाबाट ८५ मिलियन पाउन्डमा अनुबन्ध भएपछि आएको हो ।

मानेका सहयात्री मोहम्मद सलाह र रोबर्टो फिर्मिनो लिभरपुलको सफलताको अभिन्न अंग बनेका छन् । यि ट्रिओले क्लबलाई २०१९ मा च्याम्पियन्स लिग जिताउन र त्यसपछि अर्को सिजनमा लिभरपुलले २० वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

यो सिजन लिभरपुललाई काराबाओ कप र एफए कप जिताउन र प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपविजेता बनाएका मानेले सेनेगलसँग अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनाए । यो सिजन २३ गोल गरेका मानेले लिभरपुलमा ६ सिजन बिताउँदा २६९ खेलमा १२० गोल गरेका छन् ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९२३:०३

नेयमार बेच्ने पिएसजीको योजना, तर पिएसजी नछाड्ने पक्षमा नेयमार !