असार १० गते सम्म सबै भन्दा बढी कुन राशिलाई शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

धेरै काम बन्ने समय छ । खर्च भने गरिरहनुपर्ला । खासगरी शिक्षाको क्षेत्रमा बढी खर्च हुन सक्छ तर आयको स्रोत पनि बलियो हुनाले खास समस्या पर्ने देखिन्न । प्राविधिक खालको व्यवसायले राम्रो लाभ गराउला । मङ्गलबार बढी खर्च हुन सक्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आर्थिक दृष्टिकोणले त्यति राम्रो समय भन्न सकिँदैन । आम्दानी कम र खर्च बढी हुनाले समस्या परिरहन सक्छ । मित्रको सहयोग नलिईकन कुनै पनि कामलाई सफल पार्न सक्नुहुने छैन । घरपरिवारमा राम्रो वातावरण रहला । जागिरतिर मध्यम छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

अलिअलि मनमा डर लागे पनि सातालाई नराम्रो भन्न मिल्दैन । पहिलेको भन्दा स्थिति सप्रिएर आएको छ । खर्च त घट्ने छैन तर भविष्यमा राम्रो प्रतिफल दिने क्षेत्रमा नै खर्च हुन जाला । वैदेशिक व्यापार विशेषगरेर फलदायी देखिन्छ । मानिसलाई प्रभाव पार्न सक्ने शक्ति प्रचुर छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शनिबार एक÷दुईवटा काम बने पनि आइतबारदेखि बुधबारसम्म त्यति राम्रा देखिन्नन् । अनेकौँ  झन्झटसँग सिँगौरी खेल्नुपर्नेछ । बन्न–बन्न लागेका काममा समेत बाधा आउन सक्छ । शिक्षाको क्षेत्र राम्रो हुनाले परिश्रम त्यतैतिर थप्नुहोस् ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सोमबारसम्मका दिन राम्रा छन् । आर्थिक स्थिति बलियो हुँदै जाला भने वादविवाद वा मुद्दामामिलामा पनि तपाईंकै विजय हुनेछ । मङ्गलबारदेखि भने कठिनाइ सामुन्ने आउन सक्छन् । बौद्धिक स्थिति त्यति बलियो छैन । गणेशको दर्शन गरी नै रहनुहोस् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सातालाई नराम्रो भन्न मिल्दैन । गरेका काम राम्रैसित बन्ने देखिन्छन् । स्वास्थ्यको स्थिति मध्यम रहला । व्यापारसम्बन्धी कामबाट राम्रै आर्जन गर्न सकिनेछ । सप्ताहान्तमा भने केही जटिल समस्या खडा हुन सक्छ । शिवजीको दर्शन गर्नुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

साताको पूर्वाद्र्धमा स्वास्थ्यका लागि खर्च गरिरहनु पर्नेछ । मङ्गलबारदेखि भने स्वास्थ्यलाभ भएर काम गर्ने जाँगर चल्ला । गरेका काम बन्ने पनि छन् । पढाइतिर त्यति ठूलो प्रगति देखिन्न । व्यापारको क्षेत्रमा भने नयाँ काम हातमा परेर लाभ होला ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शनिबारको दिनमा केही काम बनेर मन प्रसन्न होला । आइतबारदेखि भने समस्याका डुङ्गुर सामुन्ने आउनेछन् । खर्च बढी होला त कूटनीतिक प्रतिभा पनि हाल त्यति बलियो देखिँदैन । स्वास्थ्यको स्थिति मध्यम खालको रहला । सोच्ने शक्तिसमेत कम छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यात्रा हुने सम्भावना प्रबल छ तर त्यो यात्राबाट मनोविनोद भए पनि आर्थिक लाभ भने हुने छैन । शिक्षाको क्षेत्रमा हाल बलियो ग्रह गति देखिँदैन । त्यस्तै प्रेम र विवाहतिर पनि बाधा मात्रै आउनेछन् । जागिरदारका लागि भने राम्रो समय छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुने र उनीहरूलाई प्रभावसमेत पार्नुहुनेछ । विद्यार्थी वर्गका लागि उत्साहजनक समय छ । व्यापारीले समेत राम्रो उपलब्धि गर्न सक्छन् । जागिरमा लागेकाका लागि भने पूर्ण उत्साह आउला जस्तो देखिन्न ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

पहिलेको जस्तो खराब समय छैन । खर्च नघटे पनि काम बन्नाले मन प्रसन्न हुनेछ । मद्दत दिने मित्र थपिँदैछन् । पढाइ एवं लेखाइ दुवैतिर समय राम्रो छ । व्यापार, व्यवसायबाट गतिलै लाभ होला । नोकरीको क्षेत्रमा भने विशेष उथलपुथल देखिँदैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

प्रतिष्ठा बढ्ने समय छैन । बरु तपाईंको मानमर्दन गर्नेहरू बढ्नेछन् । मुखबाट वाणी निकाल्दा अति संयमित हुनुहोस् । पढाइतिर ज्यादा ध्यान दिइने छैन । आफ्ना मन परेका व्यक्तिसँग भेटघाट हुनेछ भने तिनीहरूको स्वागत सत्कारमा पनि बढी खर्च हुनजाला ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१०:४८

भोलि असार ५ गते आइतबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !