ट्रान्सफर बजारमा पिएसजीलाई पहिलो सफलता, युवा मिडफिल्डर पिएसजी जान तयार !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले पोर्चुगिज युवा मिडफिल्डरलाई भित्र्याउने भएको छ। पोर्चुगिज क्लब पोर्टोका युवा मिडफिल्डर भिटोर फरेरालाई पिएसजीले भित्र्याउने भएको हो।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले भित्र्याउन चाहेको भनिएका फरेराको विषयमा पोर्टो र पिएसजी सहमतिमा पुगेको विभिन्न खेल मिडियाहरुले बताएका छन्। यस अगाडी ‘भिटिन्हा’को उपनामले समेत चिनिने फरेरालाई युनाइटेडले भित्र्याउन चाहेको खबर आएको थियो।

विभिन्न बेलायती मिडियाहरुले एजेन्ट जर्ज मेन्डेससँग युनाइटेडले फरेराका बारेमा कुराकानी गरेको दावी गरेका थिए। तर ट्रान्सफर मार्केटका जानकारहरु भने युनाइटेडले भिटिन्हामा कुनै चासो देखाएको बताउँछन्।

ट्रान्सफर मार्केटको राम्रो जानकारी राख्ने फब्रिजियो रोमानोले समेत भिटिन्हा पिएसजी जाने पक्का भएको पुष्टि गरिसकेका छन्। पिएसजीले गरेको ४० मिलियन युरोको आधिकारिक प्रस्तावलाई पोर्टोले स्वीकार गरेको रोमानोले जनाएका छन्। पिएसजीको खेल निर्देशकमा लुइस क्याम्पोस नियुक्त भएपछि भिटिन्हा पिएसजीको पहिलो ट्रान्सफर हुनेछन्।

यसै बीच रोमानोले भिटिन्हामा युनाइटेडको कुनै चासो नरहेको पनि स्पष्ट पारेका छन्। पोर्टोलाई युनाइटेडको तर्फबाट कुनै पनि प्रस्ताव नगएको उनको भनाई छ।

प्रकाशित : शनिबार, असार ०४, २०७९११:१०

के एम्बाप्पे एकाएक फेरिएका हुन् ?