नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए।

उनले भने, “त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।”

प्रहरीका अनुसार १०÷१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ ।

यतिबेला डुमे्र–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।-uh

प्रकाशित : शनिबार, असार ०४, २०७९१२:२८

मनसुनी वायुको सामान्य प्रभाव ! के होला मौसममा असर ?