बलिउड अभिनेत्रीहरुलाई नै आउँदैन राम्रोसँग हिन्दी बोल्न !

एजेन्सी- बलिउड क्षेत्रमा नाम कमाउन हिन्दी भाषा नै आवश्यक पर्छ भन्ने छैन । बलिउड क्षेत्रमा कतिपय यस्ता अभिनेत्री छन जलाई हिन्दी भाषाको राम्रो ज्ञान छ र स्पस्ट बोल्न जान्दछन् तर पनि बलिउड क्षेत्रमा आफ्नो नाम बनाउन संघर्ष गरिरहेका छन् । भने कतिपय अभिनेत्रीले भाषाका कारण करियरमा खासै प्रगति गर्न सकेनन् ।

बलिउड अभिनेत्री ज्याकलिन फर्ना:-न्डिज श्रीलंकाकी हुन् । नायिकाको हिन्दी पनि राम्रो छैन । हिन्दी सिनेमामा प्रायः अभिनेत्री ज्याकलिनका क्यारेक्टरहरू अंग्रेजी मूलका नागरिकको राखिन्छन् ।

बलिउड अभिनेत्री सन्नी लियोनी क्यानडाकी हुन् । उनी पञ्जाबी परिवारका हुन् । तर क्यानडामा जन्मेको र उतैको पढाइका कारण उनको हिन्दी खासै राम्रो छैन । अभिनेत्री केही हदसम्म पञ्जाबी बोल्छिन् । उनी अहिले पनि बलिउड क्षेत्रमा र हिन्दी भाषामा संघर्ष गरिरहेकी छिन् । यसका बाबजुत उनले ‘जिस्म २’ र ‘रागिनी एमएमएस २’ जस्ता फिल्ममा काम गरिन् ।

यस सूचीमा बलिउड अभिनेत्री कट्रिनाको नाम कैफ शीर्ष स्थानमा आउँछ । नायिका लामो समयदेखि हिन्दी फिल्म क्षेत्रमा सक्रिय छिन् । उनी धेरै चर्चित फिल्मको पनि काम गरिसकेकी छिन् । तर नायिकाको अहिले पनि हिन्दी राम्रो छैन । वास्तवमा कट्रिना कैफ बेलायती मूलकी हुन् । जसका कारण उनको हिन्दी कमजोर छ । आज पनि अभिनेत्रीले आफ्नो हिन्दीका भाषा सुधार्नको लागि निकै संघर्ष गरिरहेकी छिन् ।

चर्चित टिभी तथा बलिउड अभिनेत्री नोरा फतेही क्यानेडियन डान्सर हुन्। अभिनेत्री नोराको पनि हिन्दी पनि खासै राम्रो छैन । उनी धाराप्रवाह हिन्दी बोल्न सक्दिनन् । अहिलेको समयमा अभिनेत्री आफ्नो डान्सका कारण हिन्दी सिनेमा उद्योगमा उनको छुट्टै स्थान बनेकी छिन्  ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१७:०१

घरमा श्रीमती हुँदा-हुँदै यी निर्देशकले ताके अभिनेत्री, भए बदनाम !