क्लोपले भित्र्याएका यी तीन खेलाडी जो नमज्जाले फ्लप भए ! को-को ?

एजेन्सी – लिभरपुलकका प्रशिक्षक योर्गेन क्लोप युरोप मात्र नभई विश्वकै उत्कृष्ट फुटबल प्रशिक्षकमा गनिन्छन्। सन् २०१५ मा एनफिल्ड पुगेयता क्लोपले लिभरपुललाई पूर्णरुपमा परिवर्तन गरेका छन्। लिभरपुलमा रहेर क्लोपले क्लब स्तरिय फुटबलमा जित्न सम्भव सबै उपाधि जितिसकेका छन्।

लिभरपुलमा रहेर क्लोपले ६ उपाधि जितिसकेका छन्। क्लोपले प्रिमियर लिग, च्याम्पियन्स लिग, युरोपियन सुपर कप, क्लब विश्वकप, एफए कप र कराबाओ कप गरी कुल ६ उपाधि जितेका हुन्।

क्लोप प्राय स्टार खेलाडी भन्दा पनि आफ्नो खेल शैलीका लागि ठीक हुने खेलाडी मन पराउँछन्। क्लोपको चाहना अनुसार नै लिभरपुलले खेलाडीहरु भित्र्याउने गर्छ। क्लोपले भित्र्याएका मोहम्मद सलाह, साडियो माने र भर्जिल भान डाइक जस्ता खेलाडीहरु अहिले विश्वका उत्कृष्ट खेलाडीहरुमा गनिन्छन्। तर अहिले यहाँ क्लोपले भित्र्याएका सफल खेलाडी भन्दा पनि फ्लप खेलाडीहरु बारे चर्चा हुँदैछ। क्लोप अन्तर्गत भएका खराब ट्रान्सफर निम्न छन्।

डोमिनिक सोलंकी

बर्नेमाउथका डोमिनिक सोलंकी अहिले सबैभन्दा प्रतिभाशाली इङ्लिस स्ट्राइकर मध्येमा पर्छन्। गत सिजन बर्नेमाउथलाई प्रिमियर लिगमा प्रमोट गराउन सोलंकीले नै महत्वपूर्ण भूमिका खेलेका थिए। बर्नेमाउथलाई पुनः प्रिमियर लिगमा फिर्ता गराउन उनले ४६ खेलमा २९ गोल गरे। बर्नेमाउथमा उच्च प्रदर्शन गरेपनि लिभरपुलमा भने उनी फ्लप सावित भएका थिए। लिभरपुलले उनले सन् २०१७ मा चेल्सीबाट किनेर ल्याएको थियो। उनले लिभरपुलका लागि २१ खेल खेल्दा मात्रै १ गोल गर्न सके। फ्लप भएपछि उनलाई लिभरपुलले सन् २०१९ मा १९ मिलियन युरोमा बर्नेमाउथ पठाएको थियो।

लोरिस कारियस

कुनै एक समयमा लोरिस कारियसलाई जर्मन राष्ट्रिय टोलीमा मानुएल नोयरको उत्तराधिकारीको रुपमा हेरिन्थ्यो। बुन्डेसलिगामा उच्च प्रदर्शन गरिरहेका उनलाई क्लोपले सन् २०१६ मा लिभरपुलमा भित्र्याएका थिए। यधपी उनले एनफिल्डमा अपेक्षा गरिएजस्तो प्रदर्शन भने गर्न सकेनन्। सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा उनले गरेका ठूला दुई गल्ती लिभरपुलका लागि महँगो पर्यो। त्यसपश्चात उनले कहिल्यै पनि क्लोपको टोलीमा स्थान बनाउन सकेनन्।

मार्को ग्रुजिक

मार्को ग्रुजिक सन् २०१६ को जनवरी ट्रान्सफर विन्डोमा रेड बुल साल्जबर्गबाट लिभरपुल आइपुगेका थिए। लिभरपुल आउँदा उनी युरोपका सबैभन्दा आशाजनक मिडफिल्डरहरू मध्ये एक थिए। तर लिभरपुलमा उनले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न भने सकेनन्। लिभरपुलका लागि उनले मात्रै आठ खेल खेले। अपेक्षा गरिएजस्तो खेल्न नसकेपछि लिभरपुलले उनलाई कार्डिफ सिटी, हर्था बर्लिन र पोर्टो पठाएको थियो। पछि उनी पोर्टोमै अनुबन्धित भए।

प्रकाशित : आइतबार, असार ०५, २०७९१०:२३

मेस्सीका सहकर्मी-“मेस्सीले मलाई मार्न नै चाहन्थे, मलाई घर भागम् कि भन्ने भाको थियो”