साताको पहिलो दिन नै घट्यो सुनको मूल्य !

काठमाडौँ – काठमाडौँ – साताको पहिलो दिन नै सुनको मूल्य घटेको छ। गत साताको अन्तिम दिन बढेको सुनको मूल्य यस साताको पहिलो दिन सुनको मूल्य घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १० ले घटेर नेपाली बजारमा १ हजार २ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, असार ०५, २०७९१०:३८

प्रचण्डलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चिन्ता, कर्मचारी प्रशासनले नै मननपराएको गुनासो !