सूर्यास्तको समयमा यी कार्य गर्दा रुष्ट हुन्छिन माता लक्ष्मी, जीवन हुनेछ कष्टकर !

धेरै पटक मानिसहरूले आफ्नो दैनिक दिनचर्यामा समय पाएपछि कुनै पनि काम गर्छन्। भोक लागेमा खाना खान्छन्, निद्रा लागेपछि सुत्छन् तर ज्योतिषमा हरेक कुराको समय तोकिएको छ। त्यस्तै सूर्यास्तको समयमा केही काम गर्न निषेध गरिएको छ। यदि कसैले यस्तो गर्छ भने अशुभ मानिन्छ।

ज्योतिष शास्त्रका अनुसार साँझ सुत्नु वा झाडु लगाउनु हुँदैन। यसो गर्दा माता लक्ष्मी क्रोधित हुन्छिन्। व्यक्तिले आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ। साँझमा माता सरस्वती, माता लक्ष्मी र माता दुर्गाको आगमन हुने ज्योतिषशास्त्रको विश्वास छ। आउनुहोस् जानौं साँझमा के-कस्ता कार्य गर्न हुँदैन भन्ने बारेमा…..

साँझ हुँदैन सुत्न 

ज्योतिषशास्त्रका अनुसार मानिसले बेलुकी सुत्ने बानी गर्नु हुँदैन। यसो गर्दा मानिस धेरै रोगको सिकार हुन सक्छन्। साथै, व्यक्तिको उमेर छोटो हुने विश्वास रहेको छ। हुन्दू धर्म अनुसार सूर्यास्त र साँझ घरमा लक्ष्मीको आगमन हुन्छ। यसका साथै साँझ घरको ढोका खुल्ला राख्नु पर्छ। यस्तो अवस्थामा बेलुका सुत्दा नकारात्मक असर पर्छ।

झाडु लगाउनु हुँदैन 

सूर्यास्तको समयमा घरमा भुलेर पनि झाडु लगाउनु हुँदैन। यसो गर्नु अशुभ मानिन्छ। यसो गर्नाले माता लक्ष्मी क्रोधित भई घरबाट बाहिरिन्छिन्। यो समय भगवानको आराधनाको लागि उत्तम हुन्छ। यस अवधिमा भगवानको ध्यान गर्नुपर्छ।

प्रकाशित : आइतबार, असार ०५, २०७९१०:५९

बुध ग्रहले गर्यो नक्षत्र परिवर्तन, यी ४ राशिको खुल्नेछ प्रगतिको ढोका !