अबको दुई हप्ता ५ राशिलाई हुन्छ निकै शुभ, मिल्नेछ हरेक क्षेत्रमा सफलता !

ग्रहहरूको गोचर र प्रतिगामी तरिकाले सबै राशिका मानिसहरूलाई असर गर्छ। त्यसैगरी, ग्रहहरूको संयोजनले पनि मानव जीवनमा गहिरो प्रभाव पार्छ। ज्योतिष शास्त्रका अनुसार ग्रहहरुको मिलनबाट केही विशेष योगहरु बन्ने गर्छ। यी योग शुभका साथै अशुभ पनि हुन सक्छन्। जुन १८ देखि जुलाई २ सम्म बुध र शुक्रको संयोग वृष राशिमा रहनेछ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूलाई यो संयोजनबाट फाइदा हुनेछ।

मेष राशि 

तपाईंको धन गृहमा यो योग बन्नाले आर्थिक उन्नति हुनेछ। व्यापार व्यावसायमा राम्रो आम्दानी गर्न सकिनेछ। लामो समय देखि कतै रोकिएको पैसा फिर्ता हुन सक्छ। आफ्नो बोलीबाट अरुलाई आकर्षित गर्न सकिनेछ।

कर्कट राशि 

आम्दानीमा राम्रो वृद्धि हुने सम्भावना छ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यस्थलमा राम्रो नाफा मिल्नेछ। व्यापार व्यवसायमा लाभदायक सम्झौता हुन सक्छ। यस अवधिमा धनको कमी हुनेछैन।

सिंह राशि 

कार्यस्थलमा प्रगति हुनेछ। करियरमा सफलता मिल्ने सम्भावना छ। नयाँ कामको खोजी समाप्त हुनेछ। मिहिनेतको फल मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। कामदारले पदोन्नति पाउन सक्नेछन्।

कन्या राशि 

यो राशिका मानिसहरु भाग्यशाली रहनेछन्। धार्मिक रूची बढ्नेछ। धन पक्ष धेरै बलियो हुने सम्भावना छ। सुख-सुविधा बढ्नेछ। कुनै पनि अधुरा मनोकामना पुरा हुनसक्छ। प्रेम सम्बन्धमा पनि समय अनुकूल रहनेछ।

मकर राशि 

यो संयोजन करियरको हिसाबले धेरै शुभ साबित हुनेछ। यस अवधिमा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्नेछन्। दाम्पत्य जीवनमा सुख मिल्नेछ। काम गर्नेहरूले भाग्यको पूर्ण साथ पाउनेछन्।

प्रकाशित : आइतबार, असार ०५, २०७९१४:१४

अब ७ दिनमा ग्रहचक्रमा हुँदै ठूलो उथलपुथल, यी ३ राशिको जीवन हुन्छ कायापलट !