यी दुई खेलाडी टेन ह्यागलाई नचाहिने भयो, युनाइटेडबाट लखेट्ने तयारी ! को-को ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई सहि ट्रयाकमा ल्याउने जिम्मेवारीमा एरिक टेन ह्याग छन्। युनाइटेडले उनलाई दिर्घकालिन प्रशिक्षकको रुपमा हेरेको छ। युनाइटेडलाई कसरी ट्रयाकमा ल्याउने भन्ने विषयमा उनी रणनीति बनाइरहेका छन्।

गत सिजन अत्यन्त कम्जोर प्रदर्शन गरेको युनाइटेडलाई लयमा ल्याउन टेन ह्यागका अगाडी कम चुनौती भने छैन। एक हिसाबले भन्नुपर्दा उनका अगाडी चुनौतीको पहाड नै छ। क्लबका धेरै खेलाडीहरु फ्री एजेन्टको रुपमा बाहिरिएका कारण पनि उनलाई समस्या भएको छ।

त्यो भन्दा बढी ट्रान्सफर मार्केटमा युनाइटेडको कम्जोर प्रदर्शनले उनको समस्या झनै बढेको छ। युनाइटेडका रोजाईका खेलाडीहरु एक पछि अर्को क्लबमा गइरहेका छन्। त्यस्तै युनाइटेडले टेन ह्यागलाई ठूलो ट्रान्सफर बजेट पनि उपलब्ध गराएको छैन।

युनाइटेडले उनलाई बढीमा १ सय ५० मिलियन युरो मात्रै खर्च गर्न भनेको बेलायती मिडियाहरु बताउँछन्। क्लबले ट्रान्सफर बजेट कम उपलब्द गराउने भएसँगै उनले क्लबका दुई खेलाडीहरुलाई बिक्री गर्ने सोच बनाएको बताइन्छ।

टेन ह्यागले फ्रान्सेली फरवार्ड एन्थोनी मार्शल र इंग्लिस राइट ब्याक आरोन वान-बिसाकालाई आफ्नो योजनामा नराखेको बेलायती मिडियाहरु दावी छ। युनाइटेडले दुवै खेलाडीलाई बिक्रीको सूचीमा राखेको छ। टेन ह्यागको योजना अनुरुप नै दुवैलाई बिक्री गर्ने युनाइटेडको योजना रहेको बेलायती मिडियाहरु बताउँछन्।

प्रकाशित : आइतबार, असार ०५, २०७९१६:५१

लेवान्डोस्कीलाई सुझाव-“जहाँ गएपनि जानु, तर युनाइटेड जस्तो प्युसो क्लबमा नजानु”