भविष्यका लागि टीम तयार पार्दै लिभरपुल, नयाँ युवा खेलाडी भित्र्यायो ! मूल्य कति ?

एजेन्सी – नयाँ ट्रान्सफर विन्डो शुरु भएदेखि नै ट्रान्सफर बजारमा सक्रिय भएको लिभरपुलले नयाँ डिफेन्डर भित्र्याएको छ। स्कटिस राइट ब्याक क्याल्भिन रामसेलाई लिभरपुलले भित्र्याएको हो।

नयाँ ट्रान्सफर विन्डोमा दुई युवा खेलाडीलाई भित्र्याइसकेको लिभरपुलले आइतबार रामसेको प्रक्रिया पूरा गरेको छ। सो सम्बन्धमा क्लबले आधिकारी पुष्टि पनि गरिसकेको छ। आइतबार रामसेलाई लिभरपुलमा सार्वजनिक गरियो।

रामसेका लागि लिभरपुलले स्कटिस क्लब एबरडीनलाई साढे ६ मिलियन पाउण्ड तिरेको बताइन्छ। रामसेका एबरडीनको युवा एकेडेमी हुँदै सिनियास टोलीमा स्थान बनाएका थिए। उनले सन् २०२१ मा एबरडीनको सिनियर टोलीका लागि डेब्यू गरेका थिए। त्यसयता उनले एबरडीनका लागि कुल ३९ खेल खेले। जसमा उनले १ गोल गरे भने ९ असिस्ट दिए।

१८ वर्षिय रामसे स्कटिश फुटबल राइटर्स एसोसिएशनको युवा प्लेयर अफ द इयर(२०२१-२२) घोषित भएका थिए भने उनी पिएफए स्कटल्याण्ड युवा प्लेयर अफ द इयरका लागि समेत मनोनित भएका थिए।

रामसे लिभरपुलले समर विन्डोमा भित्र्याएको तेस्रो खेलाडी हुन्। लिभरपुलले सबै भन्दा पहिला फाबियो कार्भाल्होसँग सम्झौता गरेको थियो। उनी जुलाई एकबाट लिभरपुलमा हुनेछन्। त्यस्तै डार्विन नुनेजलाई भित्र्याउन लिभरपुलले खर्चको रेकर्ड नै तोडेको थियो। समर ट्रान्सफर विन्डोमा सक्रियता हेर्ने हो भने लिभरपुलले भविष्यलाई ध्यानमा राखेर खेलाडीहरु भित्र्याइरहेको स्पष्ट हुन्छ।

प्रकाशित : आइतबार, असार ०५, २०७९१७:४९

भिनिसियसको सात पुस्तालाई पुग्ने पैसा दिन पीएसजी तयार !