अब काठमाडौंमा घरजग्गा भाडामा लगाउने काम कम्पनीमार्फत मात्रै हुने !

काठमाडौँ – आउने आर्थिक वर्ष देखि काठमाडौं महानगरपालिकाभित्र घर बहालमा दिने काम कम्पनी मार्फत मात्र हुने भएको छ। महानगरपालिकाले आउने आर्थिक वर्ष देखि घरजग्गा भाडामा लगाउने काम कम्पनी मार्फत मात्र हुने व्यवस्था गर्न लागेको हो।

आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने व्यवस्था गर्न लागिएको बताए।

संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको हुँदा महानगरमा पनि घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था गर्न लागिएको साहले जानकारी गराए। घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाइएको उनको भनाई छ।

त्यस्तै काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गरिने भएको छ। नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा साहले यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माणलाई प्रोत्साहित गर्ने महानगरको योजना रहेको बताए।

प्रकाशित : आइतबार, असार ०५, २०७९१७:५८

कहिले सम्म देशभर फैलिएला मनसुन ?