यो बच्चीको एउटा फोटोले अहिले बलिउडमा हलचल ल्याउँछ, जोकोहीँले सक्दैनन् यिनलाई चिन्न

एजेन्सी : सेलिब्रेटीको लोभलाग्दो जीवनशैली, चौतर्फी ख्याति र सौन्दर्यता देखेर तिनको व्यक्तिगत जीवनको बारेमा आममानिसलाई चासो हुनु स्वाभाविक नै हो। अझ विशेषत: बलिउडप्रेमीहरु तिनका स्टार्सको बारेमा धेरै नै चासो राख्छन्। बलिउडप्रेमीहरू आफ्ना मनपर्ने स्टार बाल्यकालमा कस्ता देखिन्थे, कहाँबाट अध्ययन गरे, को सँग सम्बन्धमा छन् लगायतका खबरहरु खुराक मानेर पढ्छन्।

पछिल्लो समय बलिउड सेलिब्रेटीहरुका बाल्यकालको तस्बिरहरु पोस्ट गरेर, तस्बिरको स्टार को हुन् भनेर सोध्ने ट्रेन्ड चलेको छ। यस्तै एक सेलेब्रिटीको खासै कहिल्यै नदेखिएको तस्बिर लिएर आएका छौँ, जसलाई तिनका गतिलै फ्यानहरुले पनि चिन्न सकिरहेका छैनन्। यो फोटोमा बुबाआमासँग जन्मदिन मनाईरहेकी यो सानी प्यारी बच्ची अहिले बलिउडको शीर्ष एवं सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छिन्।

के तपाईले तस्बिर हेरेर तस्बिरको अभिनेत्रीलाई चिन्नुभयो त ? शायद तपाईलाई चिन्न गाह्रै पर्यो जस्तो छ। खासमा उनी कोहीँ नभएर अहिलेको बलिउडकी सबैभन्दा ग्ल्यामरस अभिनेत्री उर्वशी रौटेला हुन्। यो फोटो एक फ्यान पेजले शेयर गरेको हो।

उर्वशी रौटेला चाँडै नै थ्रिलर फिल्म ‘ब्ल्याक रोजेज’ मा मुख्य भूमिकामा देखिनेछिन्। यसका साथै उर्वशी रणदीप हुड्डासँग वेब सिरिज ‘इन्स्पेक्टर अविनाश’ मा पनि देखिनेछिन् ।

प्रकाशित : आइतबार, असार ०५, २०७९२१:१५

जति नै पैसा पाएपनि रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार ! [सूची सहित]