मन्त्री फेर्ने विषयले जसपामा भाँड-भैलो, तर उपेन्द्रको रणनीति भने छुट्टै !

काठमाडौँ – सरकारमा अहिलेको टिमलाई फिर्ता बोलाइ नयाँ टिम पठाउन जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवलाई पार्टीभित्रै ठूलो दबाब परेको छ।

रेक दिन जसपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले अध्यक्ष यादवलार्ई टेलीफोन गरेर ‘कहिले मन्त्री फर्नु हुन्छ?’ भनी सोध्ने गर्छन्। तर यादवले भने सधै एउटै जवाफ दिन्छन्, ‘हुन्छ फर्छु। चाँडै फेर्छु। तर कुन दिन नयाँ टिम टिम पठाउनुहुन्छ?’ भनी सोध्दा उनले दिन तोक्ने गर्दैनन्। ‘चाँडै पठाउछु’भन्ने जवाफ मात्र दिन्छन्।

केही दिन यता, जसपाका सांसदहरू र यादवबीच हरेक दिनजसो यस्तै संवाद हुने गर्छ। ‘हामीले हरेक दिन अध्यक्षज्यूलाई सरकारमा नयाँ टिम कहिले पठाउनुहुन्छ भनी सोध्छौं,’ सांसद अमृता अग्रहरिले भनिन्, ‘अध्यक्षज्यूले हुन्छ हुन्छ मात्र भन्नुहुन्छ। कहिले पठाउनुहुन्छ भनी सोध्दा चाँडै पठाउछु मात्र भन्नुहुन्छ। दिन तोक्नुहुन्न।’

अध्यक्षले स्पष्ट जवाफ नदिएपछि जसपाका सांसदहरूले विभिन्न किमिसबाट प्रधानमन्त्री कार्यालयलाई पनि आफ्नो सन्देश पुर्‍याएका छन्। अर्थात्, घुमाउरो किसिमबाट प्रधानमन्त्रीलाई पनि दबाब दिएका छन्।

तर त्यहाँबाट पनि चित्त बुझ्दो जवाफ पाउन सकेका छैनन्। स्रोतका अनुसार अध्यक्ष यादव मन्त्री फेर्ने विषयलाई सकेसम्म लम्ब्याउन चाहेका छन्। जसपाका एक नेताले भने, ‘मन्त्री फेर्नेबित्तिकै पार्टीमा अर्को लफडा सुरु हुन्छ। मन्त्री नभएकाहरू एक ठाउँमा आउँछन्। अध्यक्षविरुद्ध उभिन्छन्। बरु अहिले मन्त्री हुने आशामा पार्टी अध्यक्ष विरुद्ध खुलेर उभिएका छैनन्।’ ती नेताले भने,‘मन्त्री हुने आकांक्षाको कारण डा. बाबुराम भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकांश सांसदहरूले हस्ताक्षर गरेका छैनन्। मन्त्री फेर्नेबित्तिकै मन्त्री नभएकाहरू भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुने सम्भावना तीव्र हुन्छ। त्यसबेला भट्टराई पक्ष बहमुतमा पुग्न सक्ने सम्भावना रहन्छ।’

अहिले संसदीय दल र कार्यकारिणी समितिमा भट्टराई पक्ष बहुमतमा पुग्न नसक्नुको कारण पनि यही रहेको उनले ठोकुवा गरे। भट्टराइ पक्षसँग निकट मानिएका एक नेताको भनाइ पनि यस्तै थियो। उनले भने, ‘सम्भवत मन्त्री हुने आकाक्षांले होला अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका केही सांसदहरू हाम्रो पक्षमा खुल्न भएको छैन।’

प्रकाशित : सोमबार, असार ०६, २०७९०८:५६

साढे ७ अर्ब सिध्याउन अर्थमन्त्रीको चलखेल !