‘लिभरपुलका अगाडी युनाइटेड केहि होइन, सानो क्लब हो’

एजेन्सी – पाउल रोबिन्सनले म्यानचेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुल भन्दा धेरै कदम पछाडि रहेको टिप्पणी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा रोबिन्सनले युनाइटेड लिभरपुल भन्दा धेरै पछाडी रहेको बताएका हुन्।

अहिलेको अवस्थामा युनाइटेड पुनर्निर्माणको क्रममा रहेको उल्लेख गर्दा रोबिन्सनले लिभरपुल अहिले युनाइटेड भन्दा धेरै ठूलो भएको बताए। युनाइटेड अहिले संक्रमणकालमा रहेको रोबिन्सनको बुझाई छ। रोबिन्सनका अनुसार युनाइटेड च्याम्पियन्स लिगमा हुन नसक्नुले नै युनाइटेड कुन अवस्थामा छ भन्ने कुरा देखाउँछ।

“म्यान युनाइटेड अब ठूलो क्लब रहेन। उनीहरु यथार्थवादी हुनुपर्छ र यो कुरालाई मान्नुपर्छ। त्यो स्तरमा फुटबलरहरूको लागि ठूलो कुरा च्याम्पियन्स लिग हो। खेलाडीहरू ठूला उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। तर युनाइटेडले त्यो अफर नै गर्न सक्दैन।”,रोबिन्सनले भने।

रोबिन्सनले नवनियुक्त प्रशिक्षक एरिक टेन ह्यागका अगाडी ठूलो चुनौती रहेको पनि बताए। लिभरपुल उपाधि जित्नका लागि तमतयार रहेपनि युनाइटेड त्यस्तो अवस्थाबाट धेरै टाढा रहेको रोबिन्सन मान्छन्।

उनी भन्छन्,”उनीहरू संक्रमणकालमा छन्। एरिक टेन ह्यागको अगाडी ठूलो चुनौती छ। उनले महत्वपूर्ण विशाल पुनर्निर्माण गर्नुछ। उनले खेलाडीहरुलाई आफ्नो योजना बुझाएर युनाइटेडमा तान्न सक्नुपर्नेछ। यदि तपाइँ लिभरपुलमा जानुहुन्छ भने, लिभरपुल प्रमुख ट्रफीहरू जित्न तयार छ। तर युनाइटेड त्यो भन्दा धेरै टाढा छ।”

प्रकाशित : सोमबार, असार ०६, २०७९११:३८

आज कहाँ-कहाँ पर्ला पानी ?