एजेन्सी – ग्रहहरुको राशि परिवर्तनको हिसाबले जुलाई महिना विशेष रहने भएको छ । यो महिना धेरै ठूला ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । पूरा ६८ दिनपछि जुलाई २ मा बुध ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछ।
यस समयमा यो ग्रह मिथुन राशिमा प्रवेश गर्नेछ। जुलाई १६ मा सूर्य देव कर्कट राशिमा प्रवेश गर्नेछन् । योसँगै मंगल र शुक्रको राशि परिवर्तन पनि यही महिना हुने भएको छ । जान्नुहोस् ग्रहहरूको परिवर्तनले जुलाई महिना कुन राशिलाई फाइदा हुन्छ ?
सिंह राशि
सिंह राशिका व्यक्तिलाई जुलाई महिना निकै अनुकूल रहनेछ। कार्यक्षेत्रमा अपार सफलता मिल्ने सम्भावना छ । पदोन्नतिको प्रबल सम्भावना छ । रोकिएका काम पुरा हुनेछन् । कार्यालयमा तपाईको कार्यसम्पादन राम्रो रहनेछ। राम्रो कामको प्रस्ताव आउन सक्छ। वैदेशिक रोजगारीको खोजीमा रहेका हरुलाई सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि फाइदा हुने सम्भावना छ ।
धनु राशि
जुलाई महिना ग्रहहरुको स्थितिमा आएको परिवर्तनले धनु राशिका व्यक्तिको लागि आर्थिक रूपमा राम्रो हुनेछ। धनको देवता कुबेरले यस राशिका व्यक्ति प्रति दयालु हुनुहुनेछ। यस महिना प्रशस्त रकम प्राप्त हुनेछ। जग्गाजमिन सम्बन्धी मामिलामा लाभ मिल्नेछ । विभिन्न माध्यमबाट आम्दानीमा वृद्धि हुनेछ । लगानीका लागि समय राम्रो छ । बचतमा पनि सफलता मिल्नेछ ।
मिथुन राशि
कार्यस्थलमा मान सम्मान मिल्नेछ। ठूलो जिम्मेवारी पाउन सकिनेछ । व्यापार विस्तार हुनेछ । रोजगारी भएकाले पदोन्नति पाउनेछन् । जागिर खोज्ने व्यक्तिले आफूले चाहेको काम पाउन सक्छन्। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। अचानक धन प्राप्ति हुनसक्छ । लगानीका लागि पनि समय राम्रो रहनेछ ।

