अबको ३ वर्ष यी राशि हुनेहरु रहनुहोस् सावधान !

शनिको साढे सती र ढैय्याको नाम सुनेपछि मानिसको मनमा एक किसिमको डरको भाव आउँछ । शनिले आफ्नै राशि कुम्भ राशिमा प्रवेश गरेका छन् । यससँगै मीन राशिमा साढे साती सुरु भएको थियो र धनु राशिका मानिसहरूले साढे सतीबाट मुक्ति पाएका थिए। हाल शनि कुम्भ राशिमा छ र सन् २०२५ सम्म यो राशिमा रहनेछ ।

शनिको साढे सतीले विभिन्न समस्या निम्त्याउँछ
७ वर्षसम्म चल्ने साढे सतीले धेरै कष्ट दिन्छ। शनि एकै साथ ३ राशिमा घुम्छ र यसका ३ वटा चरण हुन्छ। साढे सतीको प्रथम चरणमा शनिले व्यक्तिलाई आर्थिक समस्या दिन्छ। अर्थात् उसले पैसा गुमाउने, आम्दानीमा अवरोध, अपव्ययजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसै गरी, साढे सतीको दोस्रो चरणमा व्यक्तिले जीवनमा ठूलो उतारचढावको सामना गर्नुपर्ने हुन्छ। अनेक किसिमका दुःखको सामना गर्नुपर्ने हुन्छ । यो साढे सतीको सबैभन्दा कठिन चरण मानिन्छ। अर्कोतर्फ, साढे सतीको तेस्रो र अन्तिम चरणले व्यक्तिबाट भौतिक सुख खोसिन्छ ।

कुम्भ राशिका व्यक्तिहरु सावधान रहनु होला
कुम्भ राशिका लागि अहिले शनिको साढे सातीको सबैभन्दा कष्टकर दोस्रो चरण चलिरहेको छ । शनि कुम्भ राशिमा हुने भएकाले यस राशिका व्यक्तिलाई धेरै समस्या आउनेछ। धन हानि, इज्जत हानिको सामना गर्नु पर्नेछ।

स्वास्थ्य, दाम्पत्य, पारिवारिक समस्याको सामना गर्नु पर्नेछ। कुम्भ राशिमा यो चरण मार्च २९, २०२५ सम्म रहनेछ। यस्तो अवस्थामा यी व्यक्तिहरूले यस समयमा धेरै होसियार हुन आवश्यक छ। कुम्भ राशिका व्यक्तिहरूले यस अवधिमा केही ठूला काम नगर्नुहोला।

कुम्भ राशिका व्यक्तिले यस्ता कुरामा दिनुहोस् ध्यान

कुम्भ राशिका व्यक्तिहरूले यो अवधिमा जोखिमपूर्ण काम गर्नु हुँदैन। अनावश्यक बहस नगर्नुहोस्। अनैतिक काम नगर्नुहोस्। विशेष गरी कानूनी मामिलाहरूबाट टाढा रहनुहोस्।  यात्रा गर्दा सावधान रहनुहोस्।  त्यस्तै मादक पदार्थ कहिल्यै नखानुहोस्, तर विशेष गरी शनिबार र मंगलबार मादक पदार्थ सेवन नगर्नुहोस्।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९०९:४६

ग्रहचक्रमा शनिको उथलपुथल, यी दुई राशि रहनुस् सावधान !