जुलाई महिना ग्रह र नक्षत्रको स्थितिका हिसाबले विशेष छ। देव गुरु बृहस्पतिको राशि परिवर्तन बाहेक शनिदेवले जुलाईमा आफ्नो राशि परिवर्तन गर्नेछन्। अहिलेको अवस्थामा कर्मदाता शनिदेव कुम्भ राशिमा विराजमान छन् ।
शनिदेवले ३० वर्षपछि यस राशिमा प्रवेश गरेका हुन्। अब जुलाई महिनामा फेरि एक पटक शनि देवले राशि परिवर्तन गर्ने भएका छन् ।
शनिदेव अन्तिम पटक २९ अप्रिलमा कुम्भ राशिमा प्रवेश गरेका थिए र शनि ५ जुनमा उल्टो चालको अवस्थामा आएका थिए । अब जुलाई १२ देखि शनि ग्रह फेरी उल्टो चालमा मकर राशिमा प्रवेश गर्नेछ। शनिदेव १७ जनवरी २०२३ सम्म मकर राशिमा रहनेछन्। यस पछि शनि पुन: कुम्भ राशिमा फर्कनेछन्। जान्नुहोस् शनिको राशि परिवर्तनले कुन राशिका व्यक्तिलाई कठिनाइको समान गर्न पर्ने हुन्छ ?
मेष राशि

मेष राशिका व्यक्तिहरूलाई धनको विषयमा कठिनाइको सामना गर्नु पर्नेछ। धन जम्मा गर्न कठिनाइ आउन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। कुनै पनि काममा सफलता पाउनको लागि सोचे भन्दा कडा मिहिनेत गर्नुपर्नेछ ।
सिंह राशि

सिंह राशिका व्यक्तिहरूलाई करियरमा कठिनाइको सामना गर्नु पर्नेछ। अफिसका सहकर्मीहरूले आफ्नो विरुद्ध षड्यन्त्र गर्न सक्छन्। मानसिक तनावको स्थिति रहनेछ। ऋण लिने र दिन कार्यबाट टाढा रहनुहोस्। जीवनसाथीसँग मनमुटाब हुन सक्छ।
उपाय- शनिबार शनिसँग सम्बन्धित वस्तु दान गर्दा अशुभबाट मुक्ति मिल्छ। साथै समस्यामा परेका तथा गरिबलाई सहयोग गर्नुहोस्।

