जाभीको योजनाबाट यी खेलाडी आउट, किन्न पाँच क्लब तयार !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेङ्गलेटलाई बिक्री गर्ने भएको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार क्लबमा नयाँ खेलाडीहरु थप्नको लागि बार्सिलोनाले लेङ्गलेटलाई यहि ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको हो।

लेङ्गलेट सन् २०१८ मा सेभियाबाट बार्सिलोना आइपुगेका थिए। बार्सिलोनाले उनको लागि ३५ मिलियन युरो खर्च गरेको थियो। बार्सिलोना आएदेखि नै उनी नियमित शुरुवाती ११ मा पर्न थालेका थिए।

तर पछिल्लो समय बार्सिलोनामा उनको भूमिका खुम्चिएको छ। युवा डिफेन्डरहरुको उदयसँगै लेङ्गलेटले कम मौका थालेका हुन्। पछिल्लो समय बार्सिलोनामा युवा डिफेन्डर रोनाल्ड अराउजो र एरिक गार्सियाको उदयले लेङ्गलेट पार्ट प्लेयर जस्तै भएका छन्। सन् २०२१-२२ को सिजनमा लालिगामा लेङ्गलेटले बार्सिलोनाका लागि २१ खेल मात्र खेले।

बार्सिलोना योजना

खबरमा आए अनुसार बार्सिलोना लेङ्गलेटलाई बिक्री गर्ने सोच्नमा छ। बिक्री गर्न नसकेको खण्डमा लोनमा भएपनि अन्यत्र पठाउने बार्सिलोनाको योजना रहेको छ। लेङ्गलेट जाभीको योजना नहुने संकेत मिलेको स्पेनिस मिडियाहरु बताउँछन्। लेङ्गलेटले बार्सिलोनामा वार्षिक १० मिलियन युरो पारिश्रमिक पाउँदै आएका छन्।

लेङ्गलेटलाई युरोपका पाँच क्लबले भित्र्याउन चाहेको बताइन्छ। लेङ्गलेटलाई भित्र्याउन चाहने क्लबहरुमा टोटेनह्याम हटस्पर, एसी मिलान, इन्टर मिलान, युभेन्टस र मार्से रहेका छन्।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९२२:१५

म्युनिख पुगे माने !