सम्पन्न भयो दोर्दी खोला जलविद्युतको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट !

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (असार ८ गते, बुधबार) सम्पन्न भएको छ। कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ सम्मका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

आवेदन खुल्ला भएपछि १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका  बराबरको आवेदन दिएको बताइएको छ। बाँडफाँड पश्चात २ लाख १ हजार ९ सय ७५ जनाले समान १० कित्ता र बाँकी ९ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन्। अन्यको हात भने खाली रह्यो।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ३ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक  सिद्धार्थ क्यापिटलको वेबसाइट , र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : बुधबार, असार ०८, २०७९१०:४०