हिजो घटबढ नभएको सुनको मूल्य आज घट्यो !

काठमाडौँ – साताको चौंथो दिन आज बुधबार सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार घटेर सोमबार बढी मंगलबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १० ले घटेर नेपाली बजारमा १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, असार ०८, २०७९१०:४६

आज पानी पर्ने सम्भावना कति ? यसो भन्छन् मौसमविद् !