रिचार्लिसन चेल्सी जाने संघारमा, यी तीन खेलाडी लखेटिने भए !

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले एभर्टनका ब्राजिलियन युवा फरवार्ड रिचार्लिसनलाई भित्र्याउने प्रयास गरिरहेको छ। यसै समर ट्रान्सफर विन्डोमा रिचार्लिसनलाई भित्र्याउने चेल्सीको योजना रहेको छ।

रिचार्लिसन माथि चेल्सीका अलावा पेरिस सेन्ट जर्मेन(पिएसजी), आर्सनल, टोटेनह्वाम जस्ता क्लबको नजर रहेको छ। तर पनि रिचार्लिसन अन्यत्र भन्दा चेल्सी जाने बढी सम्भावना रहेको बताइन्छ।

विभिन्न बेलायती मिडियाहरुका अनुसार रिचार्लिसन एभर्टन छाड्ने निर्णयमा पुगेका छन् र उनी च्याम्पियन्स लिग खेल्ने क्लबबाट खेल्न चाहन्छन्। यस्तोमा उनलाई भित्र्याउने दौडबाट आर्सनल आउट हुनेछ।

२४ वर्षिय ब्राजिलियनले सन् २०२१-२२ को सिजनमा राम्रो प्रदर्शन गरेका थिए। उनकै प्रदर्शनका कारण एभर्टन रेलिगेसनबाट जोगिएको थियो। सिजन भर उनले ३३ खेल खेल्दा ११ गोल गरे। उनको नाममा ५ असिस्ट समेत थियो।

चेल्सीका प्रशिक्षक थोमस टुचेलले क्लबका उच्च अधिकारीहरुलाई जसरी पनि रिचार्लिसन भित्र्याउन आग्रह गरिसकेका छन्। रिचार्लिसनलाई भित्र्याउन चाहेमा क्लबका केहि फरवार्डको भूमिका खुम्चिनेछ।

रिचार्लिसन चेल्सी जान सहमत भएको खण्डमा क्यालम हडसन ओडोईको खेल समय थप खुम्चिने छ। रिचार्लिसनको आगमनले चेल्सीको आक्रमणपङ्तीमा उल्लेख परिवर्तन हुँदा ओडोईले चेल्सीमा मौका नपाउन सक्छन्। ओडोईले गत सिजन प्रिमियर लिगमा चेल्सीका लागि मात्रै एक गोल गरेका थिए।

त्यस्तै रिचार्लिसन चेल्सी पुग्दा क्रिश्चियन पुलिसिकलाई पनि समस्या पर्न सक्छ। थोमस टुचेलले क्लब सम्हालेपछि नियमित मौका पाउन छाडेका उनका लागि रिचार्लिसनको आगमनले थप चुनौती थपिनेछ। हुन त उनी पनि यसै समर ट्रान्सफरमा चेल्सी छाड्ने पक्षमा छन्।

रिचार्लिसनको आगमनले टिमो वर्नरका लागि पनि चुनौती थपिनेछ। गत सिजन प्रिमियर लिगका २१ खेलमा खेल्ने मौका पाएका उनले मात्रै ४ गोल गरेका थिए। रिचार्लिसनको आगमनसँगै टुचेलले वर्नरलाई कम प्रयोग गर्ने अनुमान गर्न सकिन्छ।

प्रकाशित : बुधबार, असार ०८, २०७९११:०६

कतार विश्वकप हेर्न जाँदा सेक्स गरे ७ वर्ष जेलमा सड्नु पर्ने !