१२ जुलाई २०२२ मा शनिले राशि परिवर्तन गर्न गइरहेको छ। शनि यस दिन कुम्भ राशिबाट बाहिर निस्केर प्रतिगामी हुँदै मकर राशिमा प्रवेश गर्नेछन्। प्रतिगामी शनिको गोचरले सबै मानिसको जीवनमा ठूलो प्रभाव पार्नेछ। यो प्रभाव शुभ वा अशुभ हुन सक्छ। यसका साथै शनिको साढे साती वा ढैय्या चलिरहेको राशिमा पनि शनिको राशि परिवर्तनको प्रभाव पर्नेछ।

शनि गोचरसँगै २ राशिमा अन्त्य हुनेछ शनिको ढैय्या
अहिले शनिदेव कुम्भ राशिमा रहेकाले कर्कट र वृश्चिक राशिका मानिसहरूलाई शनिदेवले प्रभाव रहेको छ। यी राशिहरूमा शनि गोचरपछि अप्रिल २९ गते ढैय्या सुरु भएको थियो। साथै मिथुन र तुलामा ढैय्या सकिएको थियो। तर पुन: प्रतिगामी शनि मकर राशिमा प्रवेश गर्ने बित्तिकै मिथुन र तुला राशिका मानिसहरूमा फेरी यो चरण सुरु हुनेछ। साथै कर्कट र वृश्चिक राशिका व्यक्तिहरुलाई ढैय्याबाट राहत मिल्नेछ।

कर्कट- वृश्चिक राशिका व्यक्तिहरूले पाउनेछन् ठूलो सफलता
जुलाई १२ देखि शनि मकर राशिमा प्रवेश गर्ने बित्तिकै कर्कट र वृश्चिक राशिको ढैय्याको अन्त्य हुनेछ। यसबाट उनीहरुलाई आफ्नो काममा सफलता मिल्नेछ। रोकिएका कामहरु सुचारु हुनेछन्। रोकिएको धन फिर्ता हुनेछ। बढुवा-बृद्धि रोकिएको भए अब प्राप्त हुनसक्छ। तनाव र शारीरिक पीडा कम हुनेछ। यदि कुण्डलीमा शनि राम्रो स्थितिमा छ भने यसले धेरै लाभ दिनेछ। यस समयमा शुभकर्म गर्नाले शुभ फल बढ्छ, त्यसैले गरिबलाई सहयोग गर्नुहोस्।

