पैसामा बिकेका एम्बाप्पे भन्नेलाई खेलाइफीको ठूलो दनक: भन्छन्-‘रियलले धेरै पैसा दिँदा पनि एम्बाप्पेले लात हाने’

पीएसजी एक ठूलो परिवर्तनको बीचमा रहेको छ। यस्तोमा, मार्काले क्लबका अध्यक्ष नासेर अल खेलाइफीसँग उनीहरूको पछिल्लो चालहरू, विशेष गरी मौरिसियो पोचेटिनो र उनको सम्भावित प्रतिस्थापनको सन्दर्भमा, क्रिस्टोफ गाल्टियरलाई प्रमुख उम्मेद्वारको रूपमा हेर्दै गर्दा छलफल गरेको छ।

तर अल खेलाइफीले जिनेदिन जिदान कहिल्यै विकल्प थिएनन् भन्ने कुरा स्पष्ट परेका छन्। त्यस्तै, स्टार खेलाडी किलियन एम्बाप्पेको नवीकरणमा बोल्दै उनले स्ट्राइकरको बचाउ गर्दै आश्वासन दिए कि खेलाडी पेरिसमा रहनेछ भनेर आफूलाई सधैं नै विश्वास रहेको थियो। केही समयअघि मात्र रियल म्याड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पैसा र राजनैतिक दबाब कै कारण एम्बाप्पेले पीएसजीमा बस्न बाध्य भएको दाबी गरेका थिए। यसबारे पनि पीएसजी अध्यक्ष बोलका छन्।

एम्बाप्पेको निर्णयको स्पेनमा चौतर्फी आलोचना भएको छ, के तपाईं आफ्नो कथाको पक्ष र उनको छनौटको कारण दिन सक्नुहुन्छ?

“मलाई क्लबको रूपमा रियल म्याड्रिडप्रति ठूलो सम्मान छ, तिनीहरू उत्कृष्ट क्लब हुन्, तर किलियनले पैसाको लागि नवीकरण गर्ने निर्णय गरेनन्, त्यो पहिलो कुरा हो। म्याड्रिडको प्रस्ताव हाम्रो भन्दा राम्रो थियो। उनी हाम्रो खेलाडी हुन् र उनीसँग इङ्ल्यान्ड र म्याड्रिडका साथै अन्य क्लबहरू पनि थिए, तर उनले पीएसजी रोजे र हामीले उनी वा उनको परिवारसँग अन्तिम क्षणसम्म पैसाको बारेमा कुरा गरेनौं। किलियनको सबै भन्दा माथि परियोजनामा रुचि थियो, फुटबल र खेलमा।। उनीहरुका लागि पैसा सबैभन्दा महत्त्वपूर्ण कुरा थिएन, उनीहरु जित्न चाहन्छन् र उनीहरु उत्कृष्ट खेलकुद परियोजना चाहन्छन्।”

प्रकाशित : बुधबार, असार ०८, २०७९१८:०७

म्याड्रिडलाई पेड्रिको झाप्पड: भन्छन्-“केही क्लब पत्रु खेलेर पनि जित्दा मख्ख पर्छन्, हामी त्यस्ता छैनौं”