२० दिनपछि ६ महिना कष्टकर समय रहनेछ यी ३ राशिलाई, आउनेछन् अनेक समस्या !

शनिदेवलाई न्यायको देवता भनिन्छ। शनिले जीवनमा जति कर्म गर्यो त्यस्तै फल दिन्छन्। शनिदेव क्रोधित स्वभावका मानिन्छन्। यदि कुण्डलीमा शनि क्रोधित भए भने मानिसको जीवनमा ठूला भन्दा ठूला संकट आइलाग्न सक्छन्।

अर्को महिना हुँदैछ शनिदेवको गोचर

शनिदेवले पनि प्रत्येक साढे दुई वर्षमा आफ्नो राशि परिवर्तन गर्ने गर्छन्। अहिले शनि कुम्भ राशिमा बसिरहेका छन्। अर्को महिना अर्थात् जुलाई १२ बाट मकर राशिमा प्रतिगामी स्थितिमा प्रवेश गर्नेछन्। शनि आगामी वर्ष जनवरीसम्म यस राशिमा रहनेछन्। यसपछि फेरी आफ्नो कुम्भ राशिमा फर्किनेछन्। मकर राशिमा रहंदा शनिले ३ राशिका मानिसमा विशेष प्रभाव पार्ने देखिन्छ। आउनुहोस् जानौं ती राशि कुन हुन्, जसको जीवन २० दिनपछि परिवर्तन हुँदैछ।

मेष राशि 

यस राशिका व्यक्तिहरुको २० दिनपछि काम बिग्रन थाल्छ। उनीहरुले कमाएको भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। परिवारमा अशान्तिको वातावरण रहनेछ। काम र व्यापारमा घाटा हुनेछ। सन्तानको पढाइको कारण चिन्ता हुनेछ। परिवारमा कुनै अप्रिय घटना घट्न सक्छ। यस्तो अवस्थामा शनिदेवलाई प्रसन्न पार्न हरेक मंगलबार र शनिबार मन्दिर जानुपर्छ। त्यहाँ हनुमान चालिसा र शनि चालिसाको पाठ गरेर र ईमानदारीपूर्वक प्रार्थनाले यी समस्याबाट छुटकारा पाउनुहुनेछ।

सिंह राशि 

यो राशिका मानिसहरुका लागि आगामी ६ महिना पनि कष्टदायी रहनेछ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ। कुनै पनि अदालती मामिलामा फस्न सकिनेछ। अफिसका सहकर्मीहरूले तपाईंको विरुद्ध षड्यन्त्र गर्न सक्छन्। परिवारमा मनमुटावको वातावरण बन्न सक्छ। लिएको ऋण तिर्न कठिनाइको सामना गर्नु पर्नेछ। परिवारमा आकस्मिक रोगको सामना गर्नु पर्नेछ। यी समस्याबाट छुटकारा पाउनका लागि हरेक शनिबार गाईलाई रोटी खुवाउनुपर्छ र घरमा शनि मन्त्रको जप गर्नुपर्छ।

धनु राशि 

यो राशिका मानिस २० दिनपछि शनिदेवको अशुभ दृष्टिको शिकार हुन सक्छन्। केही पुरानो रोगहरू देखा पर्न सक्छन्। अचानक नयाँ रोगले सताउन सक्छ। जति मिहिनेत गर्नुहुन्छ, त्यति नै फल पाउनुहुनेछ। परिवारमा मनमुटाव बढ्न सक्छ। शनिदेवको यो अप्रसन्नतालाई शान्त पार्न विशेष उपाय अपनाउनुपर्छ। यसका लागि प्रत्येक शनिबार पिपलको रुखको पूजा गर्नुपर्छ। साथै हरेक शनिबार तोरीको तेल खाँचोमा परेकालाई दान गर्नुपर्छ।

प्रकाशित : बुधबार, असार ०८, २०७९१४:५८

सेनापती ग्रहले गर्दै अत्यन्त ठूलो परिवर्तन, यी ३ राशिको मानिसलाई हुनेछ शुभ !