हरेक मानिसको सोच्ने क्षमता फरक फरक हुन्छ। केही मानिसहरु कुनै पनि कुराको बारेमा धेरै चाँडो जान्दछन् र बुझ्दछन् भने कोही मानिसलाई बुझ्न समय लाग्छ। ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको बौद्धिकता ग्रह र राशिका आधारमा थाहा पाउन सकिन्छ। आज हामी यस्ता ३ राशिका बारेमा कुरा गर्नेछौँ, जससँग सम्बन्धित बालबालिकाको दिमाग निकै तेज मानिन्छ। तिनीहरूको बुद्धिको स्तर धेरै उच्च मानिन्छ। कुन-कुन हुन् त ती राशि? जान्नुहोस्….
मेष राशि

यस राशिका बच्चाहरु धेरै बुद्धिमान हुन्छन्। उनीहरु सधैं आफ्नो आँखा र कान खुला राख्छन्। उनीहरु सधैँ केही नयाँ गर्ने सोचमा हुन्छन्। उनीहरुमा राम्रो नेतृत्व क्षमता हुन्छ। उनीहरु निकै मेहनती पनि हुन्छन्। कडा परिश्रम र तीक्ष्ण बुद्धिको बलमा करियरमा निकै उच्च स्थानमा पुग्न सफल हुन्छन्।
मिथुन राशि

यस राशिका मानिसहरुमा बुद्धिको देवता बुध ग्रहको प्रभाव हुन्छ। जसका कारण यस राशिका मानिसहरु धेरै बुद्धिमान र प्रतिभाशाली हुन्छन्। पढाइमा सधैं अगाडि हुन्छन्। उनीहरुको सेन्स अफ ह्युमर पनि निकै राम्रो हुन्छ। उनीहरुको दिमाग निकै तेजिलो हुने भएकाले शिक्षा क्षेत्रमा सफलता पाउने सम्भावना बढी हुन्छ।
वृश्चिक राशि

यो राशिका बच्चाहरुको दिमाग निकै तेज हुन्छ। उनीहरुलाई कसैले मूर्ख बनाउन सक्दैन। यस राशिका मानिस हरेक कार्य राम्रोसँग सोचेर गर्छन्। उनीहरुको तेज दिमागले उनीहरुलाई कुनै पनि काममा सफलता दिलाउन सक्छ। मिहिनेत गरेर आफ्नो पहिचान बनाउन सक्षम हुन्छन्। जीवनमा सबै सुखसुविधा प्राप्त गर्छन्।

