डेम्बेले बार्सिलोना मै रहनेमा जाभी आशावादी !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा फ्रान्सेली फरवार्ड औसमाने डेम्बेलेको सम्झौता यसै साता अर्थात जुन ३० मा सकिदैछ । क्लब र डेम्वेलेबीच सहमति हुन नसकेपनि प्रशिक्षक जाभी हर्नान्डेजले उनलाई क्लबसँग सम्झौता नविकरण गर्न आग्रह गरेका छन् ।

डेम्बेलेले बार्सिलोनामा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने लामो गाथा चाँडै निष्कर्षमा पुग्दैछ तर, अझै कुनै सम्झौताको दृष्टिमा छैन । बार्सिलोनामा सम्झौता नभएमा उनी फ्रि एजेन्ट बन्नेछन् ।

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले फ्रान्सेली खेलाडीलाई अझै पनि मुख्य खेलाडीको रूपमा हेरेका छन् । तर, समयले घर्किन लागिसकेको छ । जाभीले डेम्बेलेलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न र बोर्डलाई पनि डेम्बेले राख्न मनाउने प्रयास गरिरहेका छन् ।

तर बार्सिलोनाले डेम्बेलेको विकल्पमा इंग्लिस क्लब लिड्स युनाइटेडका ब्राजिली फरवार्ड राफिन्हा र पिएसजी छाडेका एन्जल डि मारियालाई अघि सारेको छ ।

जाभी डेम्बेलेलाई बस्नको लागि आफ्नो सक्दो प्रयास गर्दैछन्, तर यो अब धेरै ढिलो हुन सक्छ । डेम्बेलेसँग टेबलमा कुनै सीधा वैकल्पिक प्रस्तावहरू छैनन्, यद्यपि चेल्सी र पीएसजीले उनलाई अनुबन्धको प्रयास गरिरहेका छन् । डेम्बेलेका एजेन्ट मुसा सिसोकोले गत मेमा डेम्बेलेको भविष्य खुला रहने बताएका थिए ।

प्रकाशित : बिहिबार, असार ०९, २०७९१७:१५

युनाइटेडमा निराश रहेका रोनाल्डो माथि बार्यन म्युनिखको नजर !