असार १७ गतेसम्म कुन राशिलाई सबैभन्दा शुभ ? हेर्नुहोस् आफ्नो साप्ताहिक राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च गरेपछि मात्र धेरै काम बन्नेछन् । सुरुका दिनमा इष्टमित्रका लागि भोजभतेर गर्नुपर्ला । रमाइलो पनि निकै हुनेछ र त्यसैका लागि खर्च बढी होला । व्यापारसम्बन्धी कामबाट मध्यमस्तरको लाभ हुनेछ । गणेशको दर्शन गर्नुहोस ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

रमाइलो बढी गरिनाले खास महìवपूर्ण काममा भने त्यति ध्यान जाने छैन । प्राविधिक प्रतिभामा कमी नभएकाले सामान्य खालको लाभ भने गरिरहनुहुनेछ । पढाइ र लेखाइमा केही समय बित्ला । स्वास्थ्यको स्थिति डर मान्नुपर्ने खालको छैन । आइतबार र सोमबार खर्च बढ्न सक्छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मनमा डर लागिरहे पनि बिग्रने समय छैन । मद्दत दिने मित्रको सङ्ख्या कम छ तैपनि तपाईंमा रहेको प्रतिभा र कूटनीतिक शक्तिले त्यस्ता बाधालाई हटाउन सकिएला । व्यापारको स्थिति त्यति बलियो छैन । नारायणको आराधना गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

खर्च बढे पनि नराम्रो समय देखिँदैन । धेरै काम गरिएला । मानसिक दृढता प्रशस्त छ । साथीबाट पाइने सहयोगमा त्यति कमी देखिन्न । लेखाइमा भन्दा पढाइमा नै बढी समय जाला । यात्रा हुने समयसमेत देखिन्छ । सूर्यको नित्य आराधना गरिरहनुहोस् ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साता राम्रो खालको छ । पुराना बाँकी रहेका धेरै काम बन्नेछन् । हाल नयाँ मित्र थपिने बेला छैन । व्यापारसम्बन्धी कामबाट राम्रै फाइदा गर्नुहुनेछ । स्वास्थ्यका बारेमा सतर्क भइरहनुहोस् । बाधा दिने तìवहरू भएकाले गणेशको नित्य दर्शन गरेमा राम्रो हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शनिबार मन खिन्न हुनेछ । यस दिन अनेकौँ बाधा आउन सक्छन् । ठूलो रकमको लेनदेन नगर्नुहोस् । आइतबार र सोमबार पनि मध्यम खालका मात्र देखिन्छन् । मङ्गलबारबाट स्थितिमा सुधार होला । यात्रा हुने सम्भावना छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

साता त्यति राम्रो छैन । सुरुका दिनमा केही काम बन्ला कि जस्तो भए पनि दिनको मध्य भागपछि बिग्रने सम्भावना छ । मङ्गलबार नभईकन स्थितिमा सुधार हुने देखिँदैन । राम्रो काम गर्ने तपाईंको मनसाय भए पनि त्यसमा विघ्नबाधा दिने धेरै हुनेछन्

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यात्रा गर्ने इच्छा जागिरहला र सानोतिनो यात्रासमेत हुने सम्भावना छ । शिक्षाको क्षेत्रमा हाल ठोस प्रगति देखिँदैन । त्यस्तै विवाहसम्बन्धी कुरामा समेत अवरोध आउन सक्छ । रिस गर्नेहरू धेरै भएकाले आँटेको काम पुग्न गाह्रो छ । इन्द्राणीको दर्शन गरिरहनुहोस् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

वैदेशिक यात्राको सम्भावना हाल देखा पर्छ । पढाइमा कम र घुमफिर गर्नमा बढी समय जाला । स्वास्थ्यको स्थिति मध्यम मात्र रहनेछ । साथीहरूले दिएको सल्लाहलाई स्वीकार गर्नुहोस् । धेरै मद्दत मिल्नेछ । सामान्य व्यापारभन्दा प्राविधिक खाले व्यवसायबाट फाइदा हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सुरुका दिनमा निकै काम बन्नेछन् तर पैसाको खर्च भने घट्ने देखिन्न । पढाइतिर मन गइरहला र विद्यार्थी वर्गका लागि समय उत्कृष्ट छ । विवाह वा प्रेमको सम्बन्धमा पनि सफलता नै पाइएला । पढाइ र लेखाइ दुवैतिर हाल राम्रो गति चल्नेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

ह्रास भएको व्यक्तित्वमा विकास हुँदै आउनेछ । खर्च नघटे पनि व्यावसायिक कामबाट गतिलो लाभ हुने सम्भावना देखा पर्छ । पढाइ एवं त्यसलाई लिपिबद्ध गर्ने काममा प्रगति नै होला । स्वास्थ्यको स्थिति नराम्रो छैन । जागिरबाट भने त्यति सन्तोष देखिन्न ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सोमबारसम्मका दिन राम्रा छन् । मङ्गलबारदेखि भने केही अप्ठ्यारो आउन सक्छ । सानातिना स्वास्थ्यसम्बन्धी बाधाले दुःख दिइरहनेछ । पढाइ कम र लेखाइ बढी होला । मित्र सहयोग मध्यम रूपमा देखिन्छ । परिवारमा भने राम्रै वातावरण रहला । देवीको दर्शन गरिरहनुहोस् ।

  • दामोदरनाथ लोहनी
    ज्योतिषाचार्य
प्रकाशित : आइतबार, असार १२, २०७९१२:०७

सुरु भइसके यी ५ राशिका गज्जबका दिन, आजैबाट पल्टिनेछ भाग्य !