भोलि साउन महिनाको तेस्रो शनिबार कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

साउन महिनालाई हिन्दू धर्ममा विशेष मानिन्छ । यस महिनामा भगवान शिवको र माता पार्वतीको पूजा गरिन्छ । यस महिनामा भगवान शिवको पूजा आराधना गर्ने भक्तजनप्रति भगवान शिव प्रसन्न भई मनोकांक्षा प्राप्त गर्ने जनविश्वास रहेको छ । साउन महिनामा भोलेनाथसँगै शनिबार शनिदेवको पूजा–आराधना गर्नाले मानिसको जीवनमा आउने बाधाहरू हट्ने जनविश्वास रहेको छ । साउन महिनाको तेस्रो शनिबार साउन २१ गते परेको छ। साउन महिनाको तेस्रो शनिबार तीन राशिका लागि लाभदायक मानिन्छ । जान्नुहोस् कुन-कुन राशि ?

कुम्भ राशि

साउन महिनाको तेस्रो शनिबार विशेष संयोग बनिरहेको छ । कुम्भ राशिको स्वामी ग्रह शनिदेव हुन् । अहिले शनिदेव मकर राशिमा विराजमान छन् । शनि मकर राशिमा बस्ने भएकाले कुम्भ राशिका लागि शनिको साढे साती चलिरहेको छ । कुम्भ राशिका मानिसहरुमा शनि ग्रहको नराम्रो प्रभाव धेरै कम समयको लागि हुन्छ । कुम्भ राशिका मानिसहरू दयालु, इमानदार र धैर्यवान हुन्छन्। यस राशिका मानिसहरुलाई साउन महिनाको तेस्रो सोमबार आर्थिक तथा सामाजिक पक्षमा लाभ हुनेछ ।

मकर राशि

भगवान शनिदेव मकर राशिका स्वामी ग्रह हुन् । जसका कारण मकर राशिका मानिसहरुमा शनिदेवको विशेष कृपा कायम रहन्छ । मकर राशि शनिदेवको मन पर्ने राशि मध्ये एक हो। मकर राशिका मानिसहरु मेहनती र उत्साही मानिन्छन् । मकर राशिका मानिसमा आगामी शनिबार शनिदेवको अशुभ प्रभाव प्रभाव कम भइ शुभ फल मिल्ने भएको छ ।

तुला राशि

तुला राशिका व्यक्तिहरूमा शनिदेवको विशेष कृपा सधैँ रहन्छ। तुला राशिमा शनिदेवलाई उच्च मानिन्छ। तुला राशिमा शनि ग्रहको प्रभाव पर्दा यस राशिका व्यक्तिहरूलाई शुभ फल मिल्ने भएको छ । आगामी शनिबार शनि मन्दिरमा गएर तुला राशिका व्यक्तिले शनिदेवाको पूजा आराधाना गर्नाले शुभ फल मिल्ने भएको छ ।

प्रकाशित : शुक्रबार, साउन २०, २०७९१६:०४

भोलि साउनको चौंथो आइतबार सबै भन्दा बढी कुन राशिलाई शुभ ?