फेरी बढ्यो सुनको मूल्य, सुन एक महिना भन्दा बढी समयकै महँगो !

काठमाडौँ – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार घटेर दोस्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। यससँगै छापावाला सुन ९६ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन एक महिना बढी समयकै महँगो

मंगलबारको वृद्धिसँगै नेपाली बजारमा सुन एक महिना भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य असार २१ गते यताकै महँगो हो। आज कायम भएको मूल्य ३५ दिनकै महँगो रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु ३५ ले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ४० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, साउन २४, २०७९११:२७

सकियो सूर्यग्रहण: ग्रहण सकिने बित्तिकै खान हुन्छ कि हुँदैन ?