मङ्गल-बुध-बृहस्पतिको उथल-पुथल, ४ महिना भन्दा बढी यी राशिको चम्किँदै भाग्य !

ज्योतिष शास्त्रमा सबै नवग्रहको विशेष महत्व बताइएको छ। यी सबै नवग्रहहरूले समय-समयमा राशि परिवर्तन गरिरहन्छन्। ज्योतिषशास्त्रका अनुसार यी ग्रहहरूको राशि परिवर्तनले सबै मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। ग्रहहरुको राशि परिवर्तनका कारण केहि राशिका मानिसहरुको भाग्य अचानक परिवर्तन हुन्छ भने केहि राशिका मानिसहरुलाई घाटा समेत बेहोर्नु पर्ने हुन्छ। ज्योतिषशास्त्रका अनुसार आगामी १४० दिनमा मंगल, बुध र बृहस्पतिको राशि परिवर्तन हुँदैछ। यस्तो अवस्थामा यी तीन ग्रहको राशि परिवर्तनले मानिसको जीवनमा परिवर्तन आउने देखिन्छ। कतिपय राशिमा यसले राम्रो प्रभाव पार्ने देखिन्छ। अर्थात् आगामी १४० दिनमा केही राशिको भाग्य तेज हुने देखिन्छ। यस्तोमा, जानौं यी भाग्यशाली राशिहरू कुन-कुन हुन्।

मिथुन राशि

ज्योतिष शास्त्र अनुसार मिथुन राशिका लागि आगामी १४० दिन निकै शुभ रहनेछ। यस अवधिमा नोकरी-व्यवसायमा उन्नतिको सम्भावना छ, मिथुन राशिका व्यक्तिहरूले यस अवधिमा पिताबाट सम्पत्तिको लाभ प्राप्त गर्न सक्छन्। पति-पत्नीबीचको दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ।

तुला राशि

यदि तपाईंको राशि तुला राशि हो भने आगामी १४० दिन तपाईंका लागि धेरै शुभ रहनेछ। तुला राशिका व्यक्तिहरूले यस अवधिमा दाम्पत्य जीवनमा सुख प्राप्त गर्नेछन् र परिवारमा शान्तिको वातावरण रहनेछ। नयाँ कामको खोजीमा रहेकाहरुको खोजी पूरा हुनसक्छ। साथै कार्यस्थलमा सकारात्मक वातावरण बन्नेछ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुको लागि आगामी १४० दिन निकै शुभ रहनेछ। यस अवधिमा समाजमा उनीहरूको प्रतिष्ठा तथा इज्जत धेरै बढ्छ। वृश्चिक राशिका व्यक्तिहरूले यस अवधिमा जुनसुकै क्षेत्रमा काम गरे पनि प्रशंसा मिल्नेछ। साथै, परिवारका सदस्यहरूसँग सम्बन्ध सुमधुर रहनेछ।

मीन राशि

ज्योतिष शास्त्रका अनुसार मीन राशिका व्यक्तिहरूले यस अवधिमा हात हाल्ने जुनसुकै काममा ठूलो सफलता प्राप्त गर्न सक्छन्। उनीहरुको दाम्पत्य जीवन राम्रो रहनेछ। यसका साथै व्यापारमा आकस्मिक आर्थिक लाभ हुने योग छ। मीन राशिका व्यक्तिहरूले यस अवधिमा नयाँ गाडी वा घर किन्न सक्छन्।

प्रकाशित : आइतबार, भदौ ०५, २०७९१२:४२

४ बार जन्मिएका व्यक्ति हुन्छ सबै भन्दा भाग्यमानी ! कतै तपाई त पर्नु भएन ?