प्रारम्भिक मतगणनामा एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता

काठमाडाैं,  मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ। जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन् ।

उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन् ।

मुस्ताङमा ३७८ मतले कांग्रेस अगाडि

मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९१०:३०

यस्तो छ आजको विनिमय दर, कतिमा हुँदैछ खरिद–बिक्री ?