एक-अर्काका लागि ज्यान दिन्छन् यी जोडी : अनस्क्रिन गरे रोमान्स, तर रियलमा मिल्छन् यति धेरै !

एजेन्सी : बिएफएफ(BFF) यानि बेस्ट फ्रेन्ड फरेभर, यो शब्द तपाईले प्राय: युवायुवतीहरुका मुखबाट सुनिरहनुभएको होला। बेस्ट फ्रेन्ड तिनलाई भनिन्छ जो हाम्रो लागि जे पनि गर्न तयार हुन्छन्। बेस्ट फ्रेन्डसँग हाम्रो धेरै कुरा मिल्छ। उनीहरु हाम्रो हरेक सुख-दुखमा सहभागी हुन्छन्। भारतीय  चलचित्र उद्योग ‘बलिउड’ मा पनि केही यस्ता कपल्स छन्, जो एक-अर्कालाई बेस्ट फ्रेन्ड मान्छन्।

यी जोडीहरुले अनस्क्रिनमा रोमान्स गरिसकेका छन्, तैपनि रियल लाइफमा यिनीहरु एक-अर्काको बेस्ट फ्रेन्ड हुन्। भनिन्छ, केटाकेटी कहिल्यै आपसमा साथी हुन् सक्दैनन्। तर यी स्टारले यस भनाईलाई गलत साबित गरेका छन्।

१ . शाहरुख खान र जूही चावला : –

सबैलाई थाहा छ काजोल र शाहरुखको जोडी उत्कृष्ट छ। शाहरुख खान र जूही चावलाबीच आपसमा घनिष्ठ मित्रता छ। फिल्म ‘यस बोस’ मा सँगै काम गरेका यो जोडी आइपिएल टिम कोलकाता नाइट राइडर्सको को-ओनर्स पनि हुन्।

२. रणवीर सिंह र आलिया भट्ट : –

गली ब्वाय फेम रणवीर सिंह र आलिया भट्ट बेस्ट फ्रेन्ड हुन्। उनीहरु सबै गोप्य कुराहरु एक-आपसमा शेयर गर्छन्। हालै कफी विथ करणको ७ औँ सिजनमा यी दुईबीचको उत्कृष्ट केमेस्ट्री प्रष्ट देखिएको थियो। यो जोडी चाँडै फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा सँगै देखिनेछन्।

३. भूमि पेडनेकर र आयुष्मान खुराना : –

‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ जस्ता फिल्ममा भूमि पेडनेकर र आयुष्मान खुरानाको अनस्क्रिन केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए। यी फिल्ममा अभिनय गर्दागर्दै उनीहरुबीच घनिष्ठता बढ्यो। यो दुईले हालै ‘BFFs With Vogue’ शोमा एक-अर्काको राज खोलेका थिए।

४. श्रद्धा कपूर र वरुण धवन : –

श्रद्धा कपुर र वरुण धवनको मित्रता धेरै पुरानो हो। दुवैजना बाल्यकालदेखिकै मिल्ने साथी हुन्। एक पटक ट्विटरमा #Ask Shraddha सेशनमा उनलाई उनको बेस्ट फ्रेन्ड को हो भनेर सोधिएको थियो। जसको जवाफमा उनले वरुण धवनको नाम लिएकी थिईन्। दुवैजना ABCD-2 र स्ट्रिट डान्सर थ्रीडीमा सँगै देखिएका थिए।

५. परिणीति चोपडा र अर्जुन कपूर : –

अभिनेत्री परिणिती चोपडा आफ्नो सबैभन्दा मिल्ने साथी अर्जुन कपूरलाई मान्छिन्। एक अन्तर्वार्तामा परिणीतिले फिल्म इन्डस्ट्रीमा अर्जुन आफ्नो पहिलो साथी भएको बताएकी थिइन्। उनले बताए अनुसार उनको वरिपरी कसैले पनि अर्जुनको विरुद्धमा बोल्ने हिम्मत गर्दैनन्। उनीहरु एक-अर्कालाई को-स्टार कम साथी बढी मान्छन्।

प्रकाशित : शुक्रबार, असार १५, २०८०१६:११

अजय देवगनबारे अमिताभ बच्चनले गरेका थिए यस्तो भविष्यवाणी, जुन सहि साबित भयो !