जब ओशो रजनीशले महेश भट्टलाई दिएका थिए बर्बाद पार्ने धम्की …

एजेन्सी : भारतीय अभिनेता अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ यतिबेला चर्चामा छ। यस शोमा धेरै सेलिब्रेटीहरूले आफ्नो जीवनका रोचक एवं गोप्य राखिएका किस्साहरु बताउँछन्। हालै यस शोमा भारतीय निर्देशक महेश भट्ट पनि सहभागी भएका थिए। यस क्रममा उनले आफ्नो जीवनका बारेमा धेरै खुलासा गरेका छन्। महेश भट्टले आफ्नो करियरको सुरुमै गुरु ओशोलाई भेटेको बताउँछन्, जतिबेला उनी सही मार्गदर्शन खोजिरहेका थिए। विनोद खन्नालाई ओशोसँग भेट गराउनमा महेश भट्टको महत्वपूर्ण भूमिका थियो।

तर पछि केही यस्तो भयो कि ओशोले महेश भट्टलाई बर्बाद पार्नेसम्मको धम्की दिए। महेश भट्ट त्यतिबेला एक साधारण केटा भएको बताउँछन्। उनी भन्छन् – ‘त्यो समयमा मैले विश्वासघात र मन्जिल जस्ता फिल्म बनाएका थिए तर ती सबै लगभग फ्लप भए। यसबाट विचलित भएर म अध्यात्मतिर लागेँ। त्यो समयमा मैले ओशो उर्फ ​​रजनीशलाई भेटे, जो त्यतिबेला असाधारण गुरु थिए।’

महेश भट्टले भने, ‘मैले आफूलाई ओशोप्रति समर्पित गरे। त्यतिबेला म गेरुवा रङ्गको कपडा लगाएर दिनमा पाँच पटक ध्यान गर्थे। त्यतिबेला विनोद खन्ना आफ्नो स्टारडमको शिखरमा थिए, तर अमेरिकामा ओशो रजनीशको अनुयायी बन्नका लागि सबै कुरा त्यागे।’

ओशोसँगको सम्बन्ध तोड्नुको कारण खुलासा गर्दै महेश भट्टले भने, ‘मैले विनोद खन्नालाई ओशोकहाँ लिएर गएँ। मैले ओशोसँगको सम्बन्ध तोडे, तर विनोद खन्नाले जारी राखे। माला पनि चुँडाएर कमोडमा फ्याँके। मलाई लाग्यो कि म अझै ईर्ष्या गर्छु, तर म धेरै पवित्र शब्द बोल्दै छु। मलाई आफू पाखण्डी जस्तो लाग्यो। म यो संसार र आफैँसँग झुट बोल्न सक्दिन।’

उनले भने, ‘जब मैले माला चुँडाएर कमोडमा फालेँ, विनोद खन्नाले मलाई बोलाएर भगवान निकै क्रोधित भएको बताए। तिमीले माला चुँडाएर कमोडमा फ्याँक्यौं भनेर प्रश्न गरे। मैले तपाईले ठिक सुन्नुभएछ भने। यो सबै बेकार हो। म पटमूर्ख हुँ। त्यसमा विनोद खन्नाले भने, ‘भगवानले भन्नुभएको छ कि तिमी फर्केर आएर उहाँलाई माला आफै देऊ, नत्र उहाँले तिमीलाई बर्बाद पार्नुहुनेछ।’

महेश भट्टले भने , ” तपाईलाई मेरो विरुद्धमा प्रयोग गरिएको छ। तपाईलाई धेरै विशेष हो भन्दै तपाईको गुणगान गाईएको छ। तर यी कुराले उनको र मेरो सम्बन्ध कहिल्यै बिग्रिएन्।”

प्रकाशित : आइतबार, असार १७, २०८०१८:४६

विवाहपछि सफल भए यी ९ अभिनेत्री, पतिको साथ मिल्दा बढे अगाडी !