खेलाडी कुमार या फ्लप कुमार ? लगातार ५ फिल्म भए फ्लप, प्रोड्यूसर्सबीच मच्चियो हाहाकार

काठमाडौँ : – बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘सेल्फी’ फ्लप भएको छ। करण जोहर जस्ता प्रोड्यूसर र राज मेहता जस्ता डायरेक्टर भएको फिल्म फ्लप हुँदा सबैभन्दा ठूलो झट्का अक्षय कुमारलाई लागेको छ। उनका लगातार पाँच फिल्म फ्लप भए। बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षाबन्धन, राम सेतु र सेल्फी। तीमध्ये केही फिल्मले ५० करोडसम्म पनि कमाउन सकेनन्।

अक्षयका पछिल्ला पाँच फिल्मको कुरा गर्दा सबै फरक विषयमा आधारित छन्। बच्चन पाण्डे मसाला फिल्म हो। यसमा एक्सन, डान्स, इमोसन, कमेडीको समिश्रण छ। सम्राट पृथ्वीराज एक यस्तो ऐतिहासिक चरित्रको बारेमा हो जसको बहादुरीको चर्चा धेरै छ। रक्षाबन्धन एक फ्यामिली ड्रामा फिल्म थियो। रामसेतुमा पौराणिक र ऐतिहासिक कुराहरू थिए। सेल्फी एक हिट फिल्मको रिमेक थियो, जसमा ड्रामा र कमेडीलाई फोकस गरिएको थियो।

१. हडबडीमा गडबडी : –

अक्षय कुमार छिटो काम गर्न माहिर छन्। उनले ४०-४५ दिनमा नै फिल्मको शूटिङ पूरा गर्छन्। तर काममा असर पार्ने यस्तो हतार गर्नुको के फाइदा। अक्षय कुमारका यसअघिका फिल्महरूमा हतार हुने गरेकोले काम बिग्रिएको देखिन्छ। हतार गरेकै कारण उनका कतिपय फिल्महरु फ्लप भएका छन्।

२. अभिनयमा फरकपन छैन : –

अक्षय हतारमा काम गरिरहेकाले सबै फिल्ममा एउटै अभिनय गरिरहेका छन्। जबकि अरु कलाकारहरु आफ्नो भूमिकामा डुब्न कडा मेहनत गर्छन्। लुक र अभिनयमा फरकपन ल्याउँछन्। तर यता अक्षयको पृथ्वीराजको रोल र बच्चन पाण्डेको अभिनय लगभग समान देखिन्छ।

३. क्यानडासम्बन्धी मामिला : –

देशभक्तिको कुरा गर्ने अक्षय कुमारको नागरिकता क्यानडाको भएको पाईएको छ। यहीँ कारण पनि उनले धेरै फ्यान्स गुमाए। उनले अहिले भारतको नागरिकता लिन खोजेका छन्। तर यस मुद्दाले उनको स्टारडममा नराम्रो असर पारेको छ। मानिसहरुको उनीप्रतिको सोचमा नै अचानक बदलाव आएको छ।

४. ओभर एक्स्पोज : –

अक्षय कुमारको बारेमा कुरा गर्दा उनी ओभरएक्सपोज भएको भारतीय सञ्चारमाध्यमको बुझाई छ। हरेक दुई-तीन महिनामा उनको एउटा फिल्म रिलिज हुन्छन्। बाँकी समय टिभी शोहरुमा पनि देखा परिरहेका हुन्छन्। उनलाई लगातार देख्दा दर्शक पनि वाक्क भएका छन्।

बक्स अफिसमा अक्षय : –

२०१९ सम्म बक्स अफिसमा अक्षयको लागि सबै ठीक थियो तर त्यसपछि अवस्था बिग्रन थाल्यो। कोरोनाको कारण फिल्म ‘लक्ष्मी(२०२०)’ ओटिटी प्ल्याटफर्ममा रिलिज भएको थियो, जसलाई दर्शकले खासै रुचाएननन्। सन् २०२१ मा ‘अतरंगी रे’ फ्लप सिद्ध भयो। थियटरमा रिलिज भएको फिल्म ‘बेलबटम’ पनि नराम्ररी फ्लप भयो। सन् २०२२ अक्षयको लागि खराब साबित भयो। बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन र राम सेतु असफल भए। ओटीटीमा रिलिज भएको कठपुतलीले पनि खासै कसैको ध्यान खिच्न सकेन्। २०२३ मा रिलिज भएको सेल्फी पनि असफल भयो।

प्रकाशित : आइतबार, असार १७, २०८०१९:२७

यी बालकले कुनै बेला गर्थे होटेलमा काम, तर आज शाहरुख-सलमानको भन्दा धेरै फ्यान ! चिन्नु भयो ?