शाहरुखको ‘डँकी’ को लागि तगडा अग्रिम बुकिङ, पहिलो दिन नै ४० करोड उठ्ने अनुमान

एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानलाई २०२३ सुखद् रह्यो। उनको यो वर्ष दुई फिल्म रिलिज भए र एउटा फिल्म रिलिजको मुखैमा छ। ‘पठान’ र ‘जवान’ पछि उनको यो वर्षको तेस्रो फिल्म ‘डँकी’ यहीँ हप्ता शुक्रबार रिलिज हुँदैछ। फिल्म रिलिज हुन् ३ दिन  बाँकी रहँदा फिल्मको विश्वभरी नै अग्रिम बुकिङ धमाधम भईरहेको छ।

‘थ्री इडियट्स’, ‘पीके’ र ‘सञ्जु’ जस्ता दमदार फिल्म दिएका निर्देशक राजकुमार हिरानीसँग शाहरुखको यो पहिलो फिल्म हो। ‘डँकी’ को ट्रेलरले फिल्म निकै भावुक र हास्यरस पर्याप्त मात्रामा हुने सङ्केत गरेको छ। सफल निर्देशक र अभिनेताको सहकार्यलाई पर्दामा हेर्न दर्शकहरु उत्सुक छन् र त्यहीँ अनुसार फिल्मले अग्रिम बुकिङमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म शाहरुखको फिल्मको लागि ६६ हजारभन्दा बढी टिकट बुक भईसकेका छन्।

समग्रमा ‘डँकी’ को पहिलो दिनको लागि डेढ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ भइसकेको बताईएको छ। यो बलियो अग्रिम बुकिङसँगै फिल्मले अहिलेसम्म ५ करोडभन्दा बढीको अग्रिम कमाई गरेको छ।

‘डँकी’ फिल्मको लागि यदि यहीँ रफ्तारमा अग्रिम बुकिङ हुने हो भने पहिलो दिन फिल्मले ३० देखि ३५ करोड भारु कमाई गर्ने अनुमान गरिएको छ।

यसअघि शाहरुखका दुई फिल्म ‘पठान’ र ‘जवान’ ले पहिलो दिन ओपनिङको कीर्तिमान बनाएका थिए। सोहीँकारण ‘डँकी’ को पनिओपनिङ कलेक्सन तगडा हुने अपेक्षा गरिएको छ।

प्रकाशित : मङ्गलबार, पुष ०३, २०८०१९:०२