यस कारणले पनि हिन्दु धर्म अनुसार एकै गोत्र भएकासंग गरिदैन बिवाह, जान्नुहोस यसको पछाडिको रहस्य !

Leaderboard Banner

हिन्दु धर्मशास्त्रमा गोत्रको बिशेष महत्व रहेको छ। भनिन्छ पुजा पाठ एवम बिवाहको दौरानमा गोत्रबारे जानकारी हुनु अति नै आवश्यक छ।  हिन्दु परम्परामा गोत्रबारे जानकारी नभएसम्म बिवाह हुदैन।  यदि केटा र केटीको गोत्र एकै भएको अवस्थामा उनीहरुको बिवाह नहुने पनि मान्यता रहेको छ। आज हामी हिन्दु धर्म शास्त्रअनुसार गोत्रको महत्व र यसको पछाडिको रहस्यका बारेमा केहि जानकारी दिन जादै छौं;

१- हिन्दु धर्म शास्त्रका अनुसार एकै गोत्र भएका केटा केटिको बिवाह हुन सम्भव हुदैन किनकि एकै गोत्र भएका मानिसको  सम्बन्ध भाई बहिनीको समान हुने गर्छ । जुन कारणले गर्दा पनि एकै गोत्र भएका केटा केटि पति पत्नी हुन सक्दैनन।

२- समान गोत्र भएकाहरुले बिवाह गर्दा उनिहरुबाट जन्मने बच्चामा नकारात्मक विचार आउने र अनावश्यक विकृतिमा फस्ने धार्मिक मान्यता रहेकै कारणले गर्दा एकै गोत्र भएकाहरुका बिचमा बिवाह सम्भव नभएको हो।

३- केटा केटिको बिवाह यदि हिन्दु मान्यता अनुसार हुदैछ भने तिन ओटा  गोत्र छोडेर गर्ने गरिन्छ। केटा केटिको गोत्र माता पिता र हजुरआमाको गोत्र छोडेर दोस्रो गोत्र भएकासंग सम्बन्ध अगाडी बढाउने गरिन्छ। दोश्रो गोत्रमा केटा केटि बीच बिवाह हुन्छ भने यी तिन गोत्रमा विवाह गरिदैन।

४- यदि नातेदारका साथमा बिवाह हुन्छ भने उनिहरुबाट जन्मिएका बच्चामा हुने जिन्समा कमि हुने बताईएको छ। यसकारण बच्चाको सहि बृद्धि र विकासका लागि भए पनि एकै गोत्र भएकासंग बिवाह गर्नु नहुने मान्यता रहेको हो।

 

 

प्रकाशित : बुधबार, जेठ २९, २०७६०९:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :